उपचार खर्च जोहो गर्न नसकेका धामीले गरे आर्थिक सहयोगको याचना

दार्चुला ।दार्चुलाको मालिकार्जुन गाउँपालिकाका वडा नम्बर ८ बसेडी का २५ वर्षीय रोशन सिंह धामीको उपचारमा आर्थिक अभाव भएको छ । तीन महिना अगाडी गाउँबाट ५।६ लाख रुपैयाँ श्रण निकालेर रोजगारीको लागी युनाइटेड अरव इमिरेट (दुवइ) पुगेका धामीलाई रगतको क्यान्सर (ब्लड क्यान्सर) भएपछी अहिले उहाँलाई नेपाल फर्काइएको छ ।

हाल उहाँको काठमाडौं स्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ । रगत सम्बन्धि गम्भीर रोग लागेका धामीको उपचारमा लाखौँ खर्च लाग्ने अस्पतालले बताएको छ । आफुसंग उपचारको लागी रकम नभएपछी रोशनको उपचारमा समस्या भएको र मनकारीहरुलाई सहयोगको लागी अपिल गरिएको आफन्तहरुले बताएका छन् ।
अहिले सामाजिक सञ्जालमा सहयोग अभियान सञ्चालन गरिएको छ ।धामीलाई उपचारमा सहयोग गर्न चाहनेले उहाँका श्रीमती लक्ष्मी बिष्ट धामीको नाममा माछापुच्छ्रे बैंकमा रहेको खाता नम्बर ०८९०९७७८५६१०००१७ अथवा क्यू आर कोडमा सहयोग गर्न सकिनेछ ।

Leave A Reply

Your email address will not be published.