लटिनाथ आधारभूत विद्यालय बारीलमा कार्यरत शिक्षक कृष्ण खडायतको विदाई

दार्चुला । शैल्यशिखर नगरपालिका वडा नम्बर १ मा अवस्थित लटिनाथ आधारभूत विद्यालय बारीलमा कार्यरत शिक्षक कृष्ण खडायतको विदाई गरिएको छ । बुधबार आज विद्यालयमा एक औपचारीक कार्यक्रमको आयोजना गदैँ प्राथमिक द्धितीय तहका शिक्षक खडायतको विदाई गरिएको हो ।  शिक्षक खडायत अनिवार्य अवकासमा गएपछि विद्यालयमा विदाई कार्यक्रमको आयोजना गरिएको विद्यालयका प्रध्यानाध्यापक शुरेन्द्र बहादुर तितराले जानकारी दिनुभयो ।

३५ वर्षसम्म एउटै विद्यालयमा काम गरेका खडायतलाई विद्यालयमा शिक्षक, विद्यार्थी, अभिभावक लगायत सरोकारवालाहरुको उपस्थितिमा विदाई गरिएको उहाँले बताउनु भयो । शिक्षा क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सेवानिवृत जिवनको शुभकामना सहित विदाई गरिएको विद्यालय स्रोतले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.