दार्चुलामा एसइई परीक्षाको अनुगमन

परीक्षा अनुशासित, मर्यादित, र व्यवस्थित रुपमा संञ्चालन भइरहेको दावी

दार्चुला । यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसइई) विहिबारबाट सुरु भएको छ । आजबाट सुरु भएको एसइई परीक्षाको माध्यमिक शिक्षा उर्तिण परीक्षा समन्वय समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी नेतृत्वको टोलीले अनुगमन गरेको छ ।

जिल्ला सदरमुकाम खलंगा लगायत मालिकार्जुन मावि धाप विद्यालयमा प्रमुख जिल्ला अधिकारी तथा माध्यमिक शिक्षा उर्तिण परीक्षा समन्वय समितिका संयोजक जोशीको टोलीले अनुगमन गरेको हो । टोलीले जिल्ला सदरमुकाम खलंगाको महेन्द्र नमुना माध्यमिक विद्यालय, छान्ना तिंकरी कन्या मावि र मालिकार्जुन मावि धाप विद्यालयमा संञ्चालित परीक्षाहरुको अनुगमन गरेको शिक्षा विकास तथा समन्वय इकाई कार्यालय प्रमुख जयराज पन्तले जानकारी दिनुभयो ।

अनुगमनका क्रममा परीक्षा केन्द्रमा पुगेर प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले परीक्षाको तयारी, व्यवस्थापन लगायतका बारेमा जानकारी लिनुभएको थियो । यस्तै परीक्षालाई अनुशासित, मर्यादित, सुरक्षित र व्यवस्थित बनाउन संम्बिन्धित विद्यालय तथा शिक्षा विकास तथा समन्वय इकाई कार्यालयलाई निर्देशन दिएका छन ।

अनुगमनमा जिल्लास्थित सुरक्षा निकायका प्रमुख लगायत शिक्षा विकास तथा समन्वय इकाई कार्यालय दार्चुलाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।आजै जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नं ८मा रहेको शंकरपुर माध्यमिक विद्यालय पस्तीमा सामाजिक विकास कार्यालय दार्चुलाका कार्यालय प्रमुख रामचन्द्र ओझाको टिमले पनि अनुगमन गरेको छ ।

परीक्षा मर्यादित, सुरक्षित र व्यवस्थित रुपमा संञ्चालनमा रहेको उहाँले बताउनु भयो । जिल्लाका अन्य स्थानीय तहका परीक्षाकेन्द्रहरुमा पनि सम्बन्धीत पालिकाका शिक्षा शाखा संयोजकहरुले अनुगमन निरीक्षण गरेको बताएका छन । चैत १९ गतेसम्म चल्ने एसइई परीक्षामा यो वर्ष दार्चुलाबाट ७६ विद्यालयका ३ हजार २३७ जना विद्यार्थीले परीक्षा दिने छन ।

यसैबीच माध्यामिक शिक्षा परीक्षा (एसइई) मा परीक्षाको क्रमममा परीक्षा हलभित्र अनुगमनका नाममा भीडभाड नगर्न निर्देशन गरिएको छ ।अनुगमनका नाममा हुने भीडभाडले विद्यार्थीहरुमा मनोवैज्ञानिक त्रास उत्पन्न हुने हुँदा भिडभाड नगर्न आग्रह गरिएको हो । जिल्लामा परीक्षा तालिका अनुसार परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म संञ्चालन भइरहेका छन ।

 

Leave A Reply

Your email address will not be published.