दार्चुलामा ३१ जना परीक्षार्थी अनुपस्थित

माध्यमिक शिक्षा परीक्षा एसईईको दोस्रो दिन दार्चुलामा ३१ जना परीक्षार्थी अनुपस्थित भएका छन् । शिक्षा विकास तथा समन्वय इकाईका अनुसार एसइई परीक्षाको दोस्रो दिन नियमित तर्फका १८,र ग्रेडवृद्धितर्फका १३ गरी ३१ जना परीक्षार्थी अनुपस्थित भएका शिक्षा विकास तथा समन्वय इकाई दार्चुलाका सूचना अधिकारी लक्ष्मीराज जोशीले जानकारी दिनुभयो ।

उहाँका अनुसार शुक्रबार आज नियमित तर्फ छात्र १० जना छात्रा ८ जना गरी १८ जना ग्रेडवृद्धितर्फ छात्र ७ जना छात्रा ६ जना गरी १३ जनाले परीक्षा नदिएको उहाँले बताउनु भयो । विद्यालयमा भर्ना गरेर रोजगारीका लागि भारततिर गएकाहरु, बसाइँसराइ,बिहे गरेका वा हाजिर नपुगेकाहरु अनुपस्थित देखिएको शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख जयराज पन्तले जानकारी दिनुभयो ।

यसैबीच दोस्रो दिनको परीक्षा पनि शान्तिपूर्ण र मर्यादित रूपमा सम्पन्न भएको जनाएको छ । परीक्षा शान्तिपूर्ण र मर्यादित रूपमा सम्पन्न गराउन प्रमुख जिल्ला अधिकारीको अध्यक्षता रहेको माध्यमिक शिक्षा उत्तिर्ण समन्वय समितिले अनुगमन समेत जारी राखेको छ ।

Leave A Reply

Your email address will not be published.