दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नं ९ गोकुलेश्वरमा रहेको मालिकार्जुन अस्पतालले घुम्ती स्वास्थ चेकजाच तथा परामर्श शिविर संञ्चालन गर्ने भएको छ । शिविर मार्फत विद्यार्थी र शिक्षकको निःशुल्क स्वास्थ्य जाँच गरिने बताइएको छ । स्वस्थ्य बालबालिका हाम्रो गौरव,, मालिकार्जुन अस्पतालको प्रयास,, भन्ने मूल नाराका साथ घुम्ती स्वास्थ चेकजाच तथा परामर्श शिविर संचालन हुन लागेको अस्पताल स्रोतले जनाएको छ ।
शिविरमा शैल्यशिखर नगरपालिका वडा नं ५ मा रहेको मालिकार्जुन मावि आगरका शिक्षक तथा विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य जाँच र आवश्यक औषधि वितरण हुने आयोजकले जनाएको छ । शिविरमा ब्लडप्रेसर जाचँ,मधुमेह,ब्लड गुप्रिङ,रगत जाचँ, रुघाखोकीको जाच तथा औषधी वितरणका साथै लागू पदार्थ तथा नशाको असर तथा रोकथामको बारेमा शैक्षिक कक्षा संञ्चालन गरिने भएको छ ।
शिक्षक तथा विद्यार्थीहरूलाई एक महिनाका लागि ओपिडी टिकटमा २० प्रतिशत छुट र रगत जाँचमा २५प्रतिशत छुट दिइने भएकोछ । शिविर यहि चैत्र १५ गते आगरमा संञ्चालन गरिने भएको छ । शिविरमा सम्पुर्ण विद्यार्थी तथा शिक्षकहरुलाई सोही दिन अनिवार्य विद्यालयमा उपस्थित हुन आग्रह गरिएको छ । थप जानकारीको लागि सम्पर्कनं ९८४८४०५०९८र ९७६६५६०००० तथा विद्यालयका लागि सम्पर्क नम्बर ९८६५६४५१४९ दान सिंह डागा सहायक प्रधानाध्यापकलाई सम्पर्क गर्न अस्पताल स्रोतले अनुरोध समेत गरिएको छ ।