दार्चुला । दार्चुलाको जिल्ला सदरमुकाम खलंगामा दार्चुला उद्योग बाण्ज्यि संघको आयोजनामा संचालन हुने सुदूरपश्चिम पर्यटन, व्यापार मेला तथा दार्चुला महोत्सवको तयारी तीव पारीएको छ । यहि चैत्र १५ गते देखि २५ गतेसम्म संचालन हुन लागेको महोत्सवको तयारी तिब्र पारीएको हो । महोत्सव संचालन हुन ५ दिन मात्रै बाँकी रहदा महोत्सव स्थलमा संरचना निर्माणको कामलाई तिब्रता दिइएको छ । अहिले महोत्सव संञ्चालन गर्न काम धमाधम भइरहेको छ । दार्चुला उद्योग वाणिज्य संघले यो पटक जिल्लामा पाचौँ पर्यटन महत्सवको आयोजना गर्न लागेको छ ।
“अपिनाम्पा मालिकार्जुन चौलानी र महाकाली दार्चुलाको शान,स्थानीय उत्पादन कला संस्कृति संरक्षण र प्रबद्र्धनमा हाम्रो अभियान” भन्ने मुलनाराका साथ सुदूरपश्चिम पर्यटन, व्यापार मेला तथा दार्चुला महोत्सव संञ्चालन हुन लागेको छ । पर्यटकीय तथा धार्मिक स्थलहरु नै पर्यटकहरु लोभ्याउने मुख्य आकर्षक भएकाले जिल्लाका धार्मिक तथा पर्यटकीय स्थलहरुको प्रचार प्रसार गर्ने उद्देश्यले दार्चुला महोत्सवको आयोजना गर्न लागिएको उद्योग बाण्ज्यि संघ अध्यक्ष अध्यक्ष सुरेश सिह थापाले जानकारी दिनुभयो ।
यस्तै जिल्लामा उत्पादन हुने घरेलु सामग्रीहरुको प्रचार प्रसार हुन सके जिल्लाको समृद्धिका लागि राम्रो हुने भन्दै यो वर्ष महोत्सवको आयोजना गर्न लागिएको उहाँले बताउनु भयो । महोत्सव आयोजनाका लागि १ सय १सदस्यीय मूल व्यवस्थापन समिति गठन गरिएको छ । महोत्सवमा १ सय भन्दा बढि स्टल राखिने आयोजकले जनाएको छ । त्यस्तै महोत्सवमा स्थानीय र राष्ट्रिय कलाकारहरुको प्रस्तुति पनि राखिने छ ।
अझै महोत्सवलाई सर्वपक्षीय सबै निकायहरु तथा सबै पक्षहरुसंग छलफल जारी रहेको छ । साथै प्रचारप्रसारका लागि होडिङ बोर्ड, पोस्टर, माइकिङलगायत व्यवस्था रहने जानकारी प्राप्त भएको छ । महोत्सवलाई भव्य र सभ्यरुपमा सम्पन्न गर्न उद्योग बाणिज्य संघले जिल्लास्थित सम्बद्ध सरोकारवालासँग आवश्यक छलफल गोष्ठी बैठक समेत आयोजना गरिसकेको छ । जिल्लास्थित सम्बद्ध सरोकारवालासँगको छलफल गोष्ठीमा सहभागीले सुस्ताउँदै गएको व्यापार व्यवसायलाई चलायमान बनाउन मेला महोत्सवले उत्प्रेरणा दिने भन्दै सफलताका लागि आवश्यक साथ र सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।