दार्चुलामा एसईई परीक्षा ःगणित विषयको परीक्षामा ४७ जना विद्यार्थीले दिएन परीक्षा

दार्चुला । दार्चुला सहित देशैभर गएको विहिबार देखि माध्यमिक शिक्षा परीक्षा एसइईको परीक्षा जारी रहेको छ । जस अन्तरर्गत आइतबार आज अनिवार्य गणित विषयको परीक्षा संञ्चालन गरिएको छ । परीक्षा शान्तिपूर्ण र मर्यादित रूपमा सम्पन्न गरिएको छ । परीक्षामा दार्चुलाबाट आज तेस्रो दिन अनिवार्य गणित विषयको परीक्षामा ४७ जना विद्यार्थीले परीक्षा नदिएको पाइएको छ ।

शिक्षा विकास तथा समन्वय इकाई कार्यालय दार्चुलाका अनुसार नियमिति तर्फ छात्र १० जना छात्रा ८ जना गरी १८ जना तथा ग्रेडबृद्धि तर्फ छात्र २० जना छात्रा ९ जना गरी २९ जनाले परीक्षामा भाग नलिएको शिक्षा विकास तथा समन्वय इकाई कार्यालय दार्चुलाका सुचना अधिकारी लक्ष्मीराज जोशीले जानकारी दिनुभयो ।

यस्तै परीक्षामा नियमिति तर्फ छात्र १ हजार १६ जना तथा छात्रा १ हजार ४ जना गरी जम्मा २हजार २० जनाले परीक्षा दिएका छन । यस्तै ग्रेडबृद्धि तर्फ छात्र ३१०जना छात्रा ४१४गरी जम्मा ७२४ जनाले परीक्षामा भाग लिएका छन । प्राविधिक तर्फ जम्मा १४३ जनाले परीक्षा दिएका छन ।

विद्यालयमा भर्ना गरेर रोजगारीका लागि भारततिर गएकाहरु, बसाइँसराइ,बिहे गरेका वा हाजिर नपुगेकाहरु अनुपस्थित देखिएका छन । परीक्षा शान्तिपूर्ण र मर्यादित रूपमा सम्पन्न गराउन प्रमुख जिल्ला अधिकारीको अध्यक्षता रहेको माध्यमिक शिक्षा उत्तिर्ण समन्वय समितिले अनुगमन समेत जारी राखेको छ ।

Leave A Reply

Your email address will not be published.