क्षयरोगका कारण दार्चुलामा गत वर्ष ४ जनाको ज्यान गयो

महाकाली नगरपालिकामा सबै भन्दा बढि २० जनामा क्षयरोग

दार्चुला। दार्चुलामा क्षयरोगीको संख्या ९९ जना पुगेको छ । चालु आर्थिक वर्षको साउन देखि फागनु मसान्तसम्म आठ महिनामा जिल्लामा ९९ जना क्षयरोगी रहेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । जिल्लाका दुई नगरपालिका र सात वटा गाउँपालिकामा क्षयरोगी फेला परेको स्वास्थय कार्यालय दार्चुलाका क्षयकुष्ठ ‘सुपरभाइजर’ निरीक्षक देव जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाको महाकाली नगरपालिकामा सबै भन्दा बढि २० जनामा क्षयरोग देखिएको बताएका छन ।

सबैभन्दा कम लेकम गाउँपालिकामा १ जनामा क्षयरोग देखिएको छ । जिल्लामा हालसम्म ३६ जना महिला र ६३ जना पुरुषमा योरोग फेला परेको बताइएको छ । स्थानीय तह अनुसार हेर्दा व्यासँमा ६ जना,द्हँमा ५ जना,नौगाडमा ९ जना,अपिहिमालमा ३ जनामा क्षयरोग देखिएको छ ।यस्तै मार्मामा ४ जना,शैल्यशिखरमा ११ तथा मालिकार्जुन २० जनामा क्षयरोग देखिएको क्षयकुष्ठ ‘सुपरभाइजर’जोशीले बताउनु भयो । गत वर्ष जिल्लामा १४८ जनामा क्षयरोग देखिएको कार्यालयले जनाएको छ ।

जसमध्ये ४ जनाको क्षयरोगका कारण ज्यान गएको थियो । यो वर्ष अहिलेसम्म यो रोगका कारण मुत्यू भने नभएको कार्यालयले जनाएको छ । जिल्लामा उमेर समुह अनुसार हेर्दा १४ बर्ष भन्दा मुनिको एक जना १५ देखि २४वर्ष सम्मका २३जना २५ देखि ३४ वर्ष उमेर सम्मको १० जना ३५ देखि ४४ वर्षसम्मको १७ जना ४५ देखि ५४ वर्ष सम्मको १३ जना ५५ देखि ६४ वर्षसम्मको १४ जना र ६५ वर्ष भन्दा माथिका २१ जनामा क्षयरोग देखिएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । स्थानीय तहको जनसंख्याको आधारमा हेर्दा व्यासँमा २२ दुहुँमा २३ जना महाकालीमा ५९ जना नौगाडमा ३६ अपिहिमालमा १६ जना मार्मा ३६ शैल्यशिखर ५१ जना मालिकार्जुन ३७ र लेकम ३२ जनामा क्षयरोगी हुनसक्ने आकलन गरिएको छ ।

जिल्लाको कुल जनसंख्याको आधारमा ३१२ जना क्षयरोगी पत्ता लाग्नु पर्ने देखिएको छ । वडास्तरमा प्रयोगशाला र जनशक्ति व्यवस्थापन गरेर खकार जाँच शिविर सञ्चालन गर्न सके सङ्क्रमित पहिचान सजिलो हुने स्वास्थ्यकर्मीको भनाइ छ । जिल्लाका १६ वटा स्वास्थ्य संस्थाहरुबाट क्षयरोगको निःशुल्क परीक्षण हुने गरेको छ। जिल्ला अस्पताल दार्चुलामा (जि–एक्सपट) एआई जडित डिजिटल एक्सरे मेसिनद्वारा क्षयरोगको परीक्षण भइरहेको छ भने, अन्य १५ वटा स्वास्थ्य संस्थामा शुक्ष्मदर्शक यन्त्रको प्रयोग गरेर क्षयरोगको परीक्षण गर्ने गरिएको छ।

जिल्ला अस्पतालमा परीक्षण गरिने प्रविधिबाट क्षयरोग संगै औषधीले काम गर्छ या गर्दैन भनेर समेत पत्ता लगाउन सकिने उहाँले बताउनुभयो । अहिले जिल्ला भरिका ६२ वटा स्वास्थ्य संस्थाहरुबाट क्षयरोगको निःशुल्क औषधी उपचार सेवा प्रदान भइरहेको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख बिरेन्द्र प्रसाद भट्टले बताउनुभयो । तीन हप्ता वा त्योभन्दा बढी समयदेखि लगातार खोकी लागेमा, खकारमा रगत देखिएमा, श्वास फेर्न गाह्रो भएमा वा छाती भारी भइरहेमा, अकास्मात धेरै तौल घटेमा यस रोग लागेको हुन सक्ने डाक्टरहरुले बताएका छन ।

रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका मान्छेमा, चुरोट रक्सी या लागूऔषध प्रयोग गर्नेमा र क्षयरोगको औषधिको पूर्ण मात्रा नखाएमा रोगको पुनः संक्रमण फेरि देखिन सक्ने भएकाले उपचारमा विशेष ध्यान दिनुपर्ने जिल्ला अस्पतालका डाक्टरहरुले बताएका छन । नियमित औषधी खाएमा यो रोग निको हुने गरेको छ । यसैविच आज विश्व क्षयरोग दिवस, दार्चुलामा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइएको छ । यस वर्षको नारा ‘हो, हामी क्षयरोग अन्त्य गर्न सक्छौं । लगानीको प्रतिबद्धता र सेवा प्रवाहको सुनिश्चतता, आजको आवश्यकता’ भन्ने नाराका साथ जिल्लामा विश्व क्षयरोग दिवस मनाइएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.