वडा अध्यक्ष चन्दले गरे मिल ( चक्की) हस्तान्तरण

दार्चुला। दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नं ५ डाडाकोटले जिउँचे बस्तीमा कुटानी पिसानीका लागि प्रयोग गरिने मिल चक्की वितरण गरेको छ । मंगलबार आज वडा कार्यालय मार्फत खरिद गरिएको मिल चक्की त्यहाँका स्थानीयहरुलाई वितरण गरिएको हो । वडाको सबै भन्दा दुर्गम बस्तीका नागरीकले “गहु धान,मकै, कोदो मिलको माध्यमबाट कुटानी पिसानी गर्न सहज होस भन्नका लागि वडा कार्यालय मार्फत जिउँचे बस्तीका नागरीकहरुलाई मिल चक्की वितरण गरिएको वडा अध्यक्ष मदनबहादुृर चन्दले जानकारी दिनुभयो ।

जिउँचे बस्तीका नागरीकले कुटानी पिसानीका लागि घण्टौँ सयम लगाएर पानीघट्ट भएको ठाउँसम्म पुग्ने गरेकाले उनीहरुको सहजताका लागि मिल चक्की वितरण गरिएको उहाँले बताउनु भयो । वडाको जिउँचे बस्तीमा अहिले १५—१६ परिवारको बसोबास रहेको छ ।गाउँमा विद्युतको पहुँच पुगेसँगै वडा कार्यालयले मिल चक्की वितरण गरेको जनाएको छ ।

सानो मिल चक्की पाएपछि त्यहाँका स्थानीयहरुले समय र श्रम दुवैको बचत हुने भएकाले वडा कार्यालयलाई धन्यबाद समेत दिएका छन । मिल चक्की पाएपछि स्थानीयहरु खुशी समेत भएका छन । वडा कार्यालयले झण्डै ७५ हजार रुपैयाँ खर्च गरेर जिउँचे बस्तीमा कुटानी पिसानीका लागि प्रयोग गरिने मिल चक्की खरिद गरेको जनाएको छ । यसअघि पनि सोही वस्तीमा वडा कार्यालय मार्फत ५—५सय लिटरका पानी ड्रम समेत वितरण गरिएको वडा अध्यक्ष मदन बहादुर चन्दले बताउनु भयो । अहिले पुन सोही बस्तीमा दुई वटा पानी ट्याङकी निर्माण गरिएको छ ।

Leave A Reply

Your email address will not be published.