नौगाडमा क्षयरोग खोजपड्ताल कार्यक्रम हुने

दार्चुला। दार्चुलाको नौगाड गाउँपालिकामा क्षयरोग खोजपड्ताल कार्यक्रम संञ्चालन गरिने भएको छ । आउँदो विहिबार अर्थात चैत्र १४ गते पालिकाको एक स्वास्थ्य चौकीमा क्षयरोग खोजपड्ताल कार्यक्रम संञ्चालन गरिन लागिएको हो । गाउँपालिकाको सहयोगमा सिप्टी स्वास्थ्य चौकीमा कार्यक्रमको आयोजना गरिएको सिप्टी स्वास्थ्य चौकीका प्रमुख जनस्वास्थ्य निरीक्षक दिनेश कुमार भण्डारीले जानकारी दिनुभयो । समुदायमा रहेका बिरामीहरुको खोजीका लागि कार्यक्रम मार्फत सेवा दिने तयारी भएको उहाँले बताउनु भयो ।

क्षयरोग सम्भावित लक्षयण चिन्ह भएका विरामीहरुका साथी क्षयरोगी विरामीहरुको खोजपड्ताल कार्यक्रम हुने भएकाले कार्यक्रममा सहभागि भएर सेवा लिन आग्रह गरिएको छ । क्षयरोगमुक्त पालिका बनाउने अभियानकै लागि कार्यक्रम सञ्चालन गर्ने तयारी भएकाले सेवा लिनका लागि आग्रह गरिएको गाउँपालिकाले जनाएको छ । चालु आर्थिक वर्षको साउन देखि फागनु मसान्तसम्म आठ महिनामा नौगाडमा मात्रै ९ जना क्षयरोगी फेला परेका छन । गत वर्ष जिल्लामा १४८ जनामा क्षयरोग देखिएको कार्यालयले जनाएको छ ।

जसमध्ये ४ जनाको क्षयरोगका कारण ज्यान गएको थियो । अहिले जिल्ला भरिका ६२ वटा स्वास्थ्य संस्थाहरुबाट क्षयरोगको निःशुल्क औषधी उपचार सेवा प्रदान भइरहेको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख बिरेन्द्र भट्टले जानकारी दिनुभयो । दार्चुलामा चालु आर्थिक वर्र्षको अहिले सम्म क्षयरोगीको संख्या ९९ जना पुगेको छ । नेपाललाई सन् २०५० सम्ममा क्षयरोगमुक्त बनाउने सरकारी योजना छ सोही योजनाअनुरुप दार्चुलामा पनि विभिन्न कार्यक्रम बेला बेला संञ्चालनमा रहेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.