दार्चुलामा वितेको असोज देखि हालसम्म ४० जना महिला पुरुष हराए
घरेलु हिंसाका ४३ वटा निवेदन प्रहरीमा दर्ता
दार्चुला ।दार्चुलामा वितेको असोज देखि हालसम्म ४० जना महिला पुरुष हराएका छन । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा ४० जना महिला पुरुष हराएको तथ्याङ सार्वजनिक गरिएको छ । हराएका मध्ये २३ जनाको खोजीगरी सम्बन्धित व्यक्तिलाई बुझाइएको छ ।
बाकी १७ जना हराएकाहरुको पनि खोजीकार्य जारी रहेको प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । हराएर फरार रहेका महिला बालबालिकाहरुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । मानिस हराएकोे निवेदन पर्ने तर केही घटनामा हराएका मानिसलाई उनीहरूकै घरपरिवारले भेटाएपछि प्रहरीमा जानकारी नगराउँदा बेपत्ता हुनेको सङ्ख्या बढेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एव सुचना अधिकारी कान्तिराज जोशीले जानकारी दिनुभयो ।
बढ्दो सामाजिक सञ्जालको प्रयोग, बालबालिकाप्रति अभिभावकले कम समय दिनु, बेरोजगारीलगायत विभिन्न कारणले परीवारमा जानकारी नगराइ भारत जाने गरेका कारण वेपत्ता हुने मानिसको सङ्ख्या दार्चुलामा बढेको उनको भनाई रहेको छ । वितेको असोज यता जिल्लामा घरेलु हिंसाका ४३ वटा निवेदन प्रहरीमा दर्ता भएका छन ।
जसमध्ये ३८ वटा मुद्धाको मिलापत्र गरिएको छ । बाकी २ वटालाई सम्बन्धित निकायमा पठाइएको छ । यस्तै लैंगिक हिंसा तर्फ १५ वटा निवेदन परेकोमा सबै मिलापत्र गरिएको प्रहरीले जनाएको छ । यस्तै जिल्लामा लागू औषध दुर्ब्यसनी रोकथाम सचेतना कार्यक्रम ८७ वटा सम्पन्न गरिएको छ ।
साइवर अपराध सम्बन्धि २४ वटा, अल्पसंख्यिक संग नेपाल प्रहरी १७ वटा, आत्मरक्षा सम्बन्धि १ वटा ,जातिय छुवाछुत सम्बन्धि १२ वटा गरि मानव बेचबिखन ,बालयौन दुर्व्यबहार जस्ता जम्मा ५१८ वटा कार्यक्रम सञ्चालन गरि महिला २हजार ५सय ५०, पुरुष ३हजार ५सय १८, बालक २हजार १सय ९२ जना बालिका १हजार ९सय ४८ गरि जम्मा १०हजार २सय २ जनालाई कार्यक्रम मार्फत सचेत गराइएको प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।