गत फागुन २९ गते देखि चैत्र ११ गते सम्म दार्चुलामा ५७ जना फरार प्रतिवादी पक्राउ

दार्चुला- दार्चुलामाप्रहरीले ५७ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले विभिन्न किसिमका अपराध गरेर लामो समयदेखि फरार रहेका ५७ जना फरार प्रतिवादीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

न्यायिक निकायबाट भएका फैसला कार्यान्वय गर्ने सिलसिलामा जिल्ला प्रशासन कार्यालय बाट फैसला भइ विगत लामो समय देखि जरिवाना तोकिइ हालसम्म फरार रहेका ५७ जनालई फरार प्रतिवादीको रुपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिनुभयो । प्रहरीले गत फाग्न २९ गते देखि चैत्र ११ गते सम्म ५७ जना फरार प्रतिवादीलाई पक्राउ गरी लगत कट्टा गरिएको उहाँले बताउनु भयो ।

प्रहरीले अभद्र व्यवहार गर्न नहुने कसुरका ५१ जना तथा जुवा सम्बन्धी कसुरका ६ जनालाई पक्राउ गरी लगत कट्टा गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाको नेतृत्व गत असोज पछि प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश दाहालले समालेपछि अहिले जिल्ला प्रहरी कार्यालय दार्चुलाले फैसला कार्यान्वयनको बिशेष अभियान समेत चलाएको छ ।

जिल्ला अदालतबाट फैसला भई लगत रहेका फरार ७ जना प्रतिवादीलाई पक्राउ एवंम कानूनी प्रक्रिया पुरा गरी १ लाख ९८ हजार ९सय रुपैयाँ जरिवाना एवं ३१ बर्ष १० महिना १७ दिन कैद असुल गरिएको जिल्ला प्रहरी कार्याय दार्चुलाका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश दाहालले जानकारी दिनुभयो ।

गत असोज देखि हाल सम्म बिभिन्न शिर्षकमा ७४ वटा मुद्दा दर्ता भएकोमा ३७ मुद्दा फछर्यौटको क्रममा ५२ जना प्रतिवादीलाई पक्राउ गरि कानुनि कार्वाहि गरिएको छ भने अन्य ३७ वटा मुद्दा हदम्यादका कारण अनुसन्धानको क्रममा रहेको प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.