दार्चुलाको अपिहिमालमा कक्षा ८ को परीक्षा नतिजा सार्वजनिक, ३० जना विद्यार्थी उत्तीर्ण

दार्चुला। दार्चुलाको अपिहिमाल गाउँपालिकाले चैत्र ५ देखि चैत्र १२ गतेसम्म सञ्चालन गरेको आधारभूत तह (कक्षा) ८ को बार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । अन्तिम नतिजा परीक्षा संञ्चालन तथा व्यवस्थापन समितिको आजको बैठकले नतिजा सार्वजनिक गरेको हो । परीक्षामा पालिकाभरीका १२१ जना विद्यार्थी सहभागी भएका थिए, जसमा ३० जना विद्यार्थी उत्तीर्ण भएका छन । पालिकाभरीका जम्मा ८ वटा आधारभुत विद्यालयहरुले बार्षिक परीक्षामा सहभागिता जनाएका थिए ।

परीक्षामा असफल भएका तथा कुनै दुई विषयमा एनजी आएका विद्यार्थीका लागि चैत्र २५ र २६ गते ग्रेड वृद्धि परीक्षा सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ । बार्षिक परीक्षामा ९१ जनाको एनजी आएको छ । भवानी आधारभुत विद्यालय सितीमा जम्मा १० जना मध्ये ४ जना उर्तिण हुदाँ ६ जनाको एनजी आएको छ ।

यस्तै महादेव मावि घुसाका ७ जना मध्ये २ जना उर्तिण ५ जनाको एनजी आएको छ । हिमालय आधारभुत विद्यालय पाथाका ८ जना मध्ये ३ जना उर्तिण हुदाँ ५ जनाको एनजी आएको आएको छ । खेण्डेश्वरी मावि क्षतिमा २९ जना मध्ये ४ जना उर्तिण हुदाँ २५ जनाको एनजी आएको पालिकाको शिक्षा शाखाले जनाएको छ ।

सरस्वती आधारभुत विद्यालय मरखोलामा २२ जना मध्ये १३ जना उर्तिण ९ जनाको एनजी आएको छ । तामाखानी भगवती आधारभुत विद्यालय चौविसन विद्यालयको नतिजा निल आएको छ । उक्त विद्यालयमा अध्ययनरत १५ जना विद्यार्थी मध्ये कुनै पनि विद्यार्थीले परीक्षा उर्तिण नगरेको पाइएको छ । भवानी मावि सौगन्नामा ११ जना मध्ये ३ जना उर्तिण हुदाँ ८ जनाको एनजी आएको छ । छिपुलकेदार मावि धंकमा अध्ययनरत १९ जना मध्ये १ जना उर्तिण हुदाँ १८ जनाको एनजी आएको अपिहिमाल गाउँपालिकाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.