दार्चुला। दार्चुलाको अपिहिमाल गाउँपालिकामा एकीकृत घुम्ती शिविर जारी रहेको छ । यहि चैत्र ३ गतेबाट सुरु भएको एकीकृत घुम्ती शिविर अहिले पनि जारी रहेको हो । एकीकृत घुम्ती शिविरबाट हालसम्म १ हजार ६सय ८० जनाले सेवा पाएका छन ।गाउँपालिका अध्यक्ष भगत सिह ठेकरे बोहराका अनुसार वडा नं ३ को माथिल्लो बस्तीहरु र वडा नम्बर,१,२,५र ६ का सबै बस्तीहरु तथा जनसमुदायको घर आगनमै पुगेर शिविर सम्पन्न भएको बताएका छन ।
वडा नं ३ र ४ को केही बस्तीहरुमा केही दिनमै एकीकृत घुम्ती शिविर संञ्चालन हुने उहाँले बताउनु भयो । गाउँपालिकाबाट प्रवाह हुने सेवाहरु टोलस्तरबाटै दिने उद्धेश्यले सञ्चालन गरिएको घुम्ती शिविर गाउँपालिकाका ६ वटै वडाहरुमा चैत्र २४ गतेसम्म सञ्चालन गरिने अपिहिमाल गाउँपालिका अध्यक्ष भगत सिंह ठेकरे बोहराले जानकारी दिनुभयो । शिविरबाट ३सय भन्दा वढी जेष्ठ नागरिकले घरदैलोमै न्यानो जुत्ता,टोपी र गुड पाएका छन ।
घुम्ती शिविर मार्फत पालिकाका जनसमुदायको स्वास्थ चेकजाँच तथा परामर्श , आयुर्वेद स्वास्थ सेवा, पशु स्वास्थ सेवा, कृषिको परामर्श तथा तरकारीको विउविजन, पालिकावाट निर्मित योजनाहरुको अनुगमन तथा प्राविधिक परामर्श ,प्रशासनिक सेवा , घटनादर्ता सेवा, गुनासो व्यवस्थापन ,लघुउद्यम परामर्श, दिवाखाजा तथा बिद्यालय अनुगमन लगायतका सेवाहरु प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।
एकीकृत घुम्ती शिविरबाट निरन्तर जनताहरुको सेवामा खटिने राष्ट्र सेवक कर्मचारीहरु, वडाका जनप्रतिनिधिहरुलाई पालिकाले धन्यवाद समेत दिएको छ । घरआगनबाटै सेवा पाउँदा अपिहिमाल गाउँपालिकाका स्थानीय सेवाग्राहीले पालिकालाई धन्यबाद दिनुका साथै खुशी भएका छन ।