दार्चुला । नेपाल टेलिकम दार्चुलाले पाचौँ दार्चुला महोत्सवमा निःशुल्क सिमकार्ड वितरण गरिरहेको छ ।सुदुरपश्चिम पर्यटन व्यवपार मेला तथा दार्चुला महोत्सवमा आउने दर्शकले टेलिकमको स्टलबाट प्रिपेड सिमकार्ड निःशुल्क पाइरहेको नेपाल टेलिकम दार्चुलाका प्रमुख कृष्ण बहादुर गुरुङले जानकारी दिनुभयो ।
निःशुल्क सिमकार्ड पाउने भएपछि महोत्सवमा आउने दर्शकको आकर्षण नेपाल टेलिकमको स्टलमा रहेको उहाँले बताउनु भयो । टेलिकमले नमस्ते प्रिपेड सिमकार्ड उपलब्ध गराइरहेको छ । निःशुल्क प्राप्त गरेको नयाँ सिमकार्डमा ९रुपैया ८० पैसा,४० मिनेट भ्वाइसकल, ६सय एमबिडाटा,२० वटा एसेमेस निःशुल्क पाउने टेलिकम दार्चुलाले जनाएको छ ।
चैत्र १५ गते देखि आज सम्म १सय भन्दा बढि सिाकार्ड विक्री भइसकेको दुरसंञ्चार कार्यालय दार्चुलाले जनाएको छ । दुर्गम क्षेत्रमा उपभोक्तालाई सदरमुकाम पुगेर कार्यालय सम्म आउन समस्या हुने भन्दै टेलिकमले महोत्सवमा निःशुल्क सिमकार्ड वितरण गरेको नेपाल टेलिकम दार्चुलाका प्रमुख गुरुङले बताउनु भयो ।
टेलिकमले निशुल्क सिमकार्ड वितरण गरेपछि महोसत्वमा आउने दर्शक खुसी भएका छन । महोत्सवको आज पाचौदिन हो । मेला महोत्सव चैत्र २५ गतेसम्म संञ्चालन हुने भएको छ । आज गायक कुेलेन्द्र परियार,गायक उमाशंकर जोशी, लगायत स्मृति थापाले दर्शकहरुलाई रमाइलो गराएका छन ।