६८ औँ राष्ट्रिय सहकारी दिवस मनाइयो

दार्चुला ।  दार्चुलामा ६८ औँ राष्ट्रिय सहकारी दिवस मनाइएको छ । बुधबार आज जिल्ला सदरमुकाम खलंगामा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गदैँ जिल्लामा ६८ औँ राष्ट्रिय सहकारी दिवस मनाइएको हो । जिल्ला सहकारी संघ लिमिटेड दार्चुलाका अध्यक्ष श्याम सिह सामन्तको अध्यक्षता एव सुदुरपश्चिम प्रदेश सभाका भुमी व्यवस्था तथा कृषि सहकारी मन्त्री विरबहादुर थापाको प्रमुख आर्थित्यतामा जिल्ला सहकारी संघले राष्ट्रिय सहकारी दिवस मनाइएको जनाएको छ ।

‘मर्यादित सहकारी, समुन्नत समाज’ भन्ने नाराका साथ आज ६८ औं सहकारी दिवस अन्तरक्रिया कार्यक्रको आयोजना गरी मनाइएको जिल्ला सहकारी संघ लिमिटेड दार्चुलाका अध्यक्ष श्याम सिह सामन्तले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा विःस २०३७ साल फागुन २० गते जिल्लाको लेकम गाउँपालिका वडा ३ लालीमा केदार सहकारी संस्था पहिलो पटक स्थापना भएको अभिलेख राखिएको बताएका छन ।
नेपालमा २०१३ साल चैत २० गते आजकै दिन पहिलो सहकारी स्थापना भएको थियो ।

चितवनमा स्थापना भएको बखान सहकारीलाई नै नेपालको पहिलो सहकारी मानिन्छ । दार्चुला जिल्लामा अहिले सहकारी संघसंस्थाको संख्या जिल्लाभरी १३२ वटा पुगेका छन । जिल्लाभरी स्थापना भएका सहकारीमार्फत १ अर्ब १८ करोडको कारोबार भइरहेको जिल्ला सहकारी संघ लिमिटेड दार्चुलाका अध्यक्ष सामन्तले जानकारी दिनुभयो ।

यस्तै १०७ जनाले सहकारी संस्थामा बसेर रोजगारी पाएको अन्तरक्रिया कार्यक्रममा बताइएको छ । स्थापना भएका जिल्लाभरीका सहकारी संस्थामा ३० हजार सेयर सदस्य समेत जोडिएका छन । जिल्लामा जिल्ला सहकारी संघ २ वटा बचत तथा क्रण सहकारी संस्था ८५ वटा कृषि र बहुउद्देदेशिय गरी ३६ वटा कायम गरिएको जिल्ला सहकारी संघ लिमिटेड दार्चुलाले जनाएको छ ।

कार्यक्रममा पुर्व सुदुरपश्चिम प्रदेश सभा सदस्य गेल्बु सिह बोहरा,दुहुँ गाउँपालिका अध्यक्ष नरेन्द्र बडाल र मालिकार्जुन गाउँपालिकाका अध्यक्ष हिरा सिह धामी लगायत विभिन्न सहकारी संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा जिल्ला सदरमुकाम खलंगाको भावना सभाहलमा दिवस सम्पन्न भएको जिल्ला सहकारी संघ लिमिटेड दार्चुलाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.