दार्चुलाका प्रमुख जिल्ला अधिकारी जोशीको गृह मन्त्रालयमा सरुवा

दार्चुला । दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीको सरुवा भएको छ । गृह मन्त्रालयले बिहीबार आज जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रजिअ जोशीको सरुवा गरेको हो ।

मन्त्रालयले दार्चुलाका प्रजिअ यज्ञराज जोशीलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ । उनको ठाउँमा मन्त्रालयले काठमाडौँका सहायक प्रजिअ अनिल पौडेललाई दार्चुला जिल्ला प्रशासन कार्यालयको प्रजिअको जिम्मेवारी सुम्पिएको गृहमन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयको गत वर्ष चैत्र ६ गते कैलालीका सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा रहेका यज्ञराज जोशीलाई दार्चुलाको प्रमुख जिल्ला अधिकारीको रुपमा पठाएको थियो ।सिडियो जोशीको एक वर्षपछि दार्चुलाबाट गृहमन्त्रालयमा सरुवा भएको हो ।

Leave A Reply

Your email address will not be published.