दार्चुला । दार्चुलामा सवारी दुर्घटना न्युनिकरणका लागि ट्याक्टर बहस कार्यक्रम सुरू गरिएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाको आयोजनामा दुर्घटना न्युनिकरणका लागि ट्याक्टर बहस कार्यक्रमको आयोजना गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलालीद्धारा दुर्घटना न्युनिकरण तथा ट्राफिक सचेतनाको लागि संचालित नव प्रर्वतनिय कार्य अन्तर्गत यो कार्यक्रम सुरू गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो ।
जसअन्तरर्गत आज विहिबार जिल्लाको शैल्यशिखर नगरपालिका वडा नं. ९, गोकुलेश्वरमा ट्याक्टर व्यवसायी गरिरहेका ट्याक्टर धनी र चालकहरूको उपस्थितिमा कार्यक्रम संचालन गरिएको उहाँले बताउनु भयो ।
गोकुलेश्वरमा रहेको देबु होटल एण्ड रेष्टुरेन्टको सभाहलमा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दार्चुला प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले दुर्घटनाबाट जोगिन अपनाउनु पर्ने सतर्कताका बारेमा ट्याक्टर धनी र चालकलाई प्रशिक्षणात्मक जानकारी समेत दिएका छन ।
विहिबार सम्पन्न कार्यक्रममा शेैल्यशिखर नगरपालिकाका नगर प्रमुख विजय सिंह धामीको प्रमुख आतिथ्यता रहेको थियो । सडक दुर्घटना न्युनिकरण गर्न लागिएको कार्यक्रममा जनप्रतिनिधि, ट्रयाक्टर चालकहरु र ट्रयाक्टर धनीहरु लगायत अन्य सर्वसाधारण गरी ७४ जनाको उपस्थितमा रहेको थियो । सडक दुर्घटनाबाट बच्नको लागि सचेतना जगाउने कार्यक्रम निरन्तर गरिने जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।