नेवि संघका नरेश बिष्ट जीतको दाउमा, गोकुलेश्वर बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनको सरगर्मी बढ्यो

दार्चुला – दार्चुलाको शैल्यशिखर नगरपालिकामा रहेको गोकुलेश्वर बहुमुखी क्याम्पसमा आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारी तीव्र रूपमा अघि बढिरहेको छ। नेपाल विद्यार्थी संघ (नेवि संघ) र अखिल क्रान्तिकारीको संयुक्त प्यानलबाट सभापतिका उम्मेदवार बनेका नरेश बिष्ट जीतको दाउमा रहेका छन्।

सचिव पदमा उम्मेदवार नवराज भट्ट, कोषाध्यक्ष पदमा अम्मरा धामी रहेका छन् भने सदस्यतर्फ निर्मला धामी, गगन सिंह डागा, अनिता अमिता धामी, कमल लुहार संयुक्त प्यानलबाट प्रतिस्पर्धामा छन्। नेवि संघले आफ्ना उम्मेदवारहरूको जित सुनिश्चित गर्न सक्रिय तयारी गरिरहेको छ।

गोकुलेश्वर बहुमुखी क्याम्पस सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत पर्दछ। स्ववियु निर्वाचन आगामी चैत २७ गते सम्पन्न हुने तय भएको छ। यो निर्वाचन विद्यार्थी राजनीति र क्याम्पसको शैक्षिक वातावरणलाई प्रत्यक्ष रूपमा प्रभावित गर्ने महत्त्वपूर्ण प्रक्रिया मानिन्छ। उम्मेदवारहरूले विद्यार्थीहरूसँग अन्तक्र्रिया गरिरहेका छन् भने विभिन्न विद्यार्थी समूहहरू आ–आफ्ना एजेन्डा लिएर प्रचारप्रसारमा सक्रिय छन्।

क्याम्पस प्रशासनका अनुसार निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न आवश्यक सबै उपायहरू अपनाइने छन्। क्याम्पस प्रमुखले निष्पक्ष र स्वच्छ निर्वाचन सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

गोकुलेश्वर बहुमुखी क्याम्पसको विद्यार्थी नेतृत्व कसले सम्हाल्नेछ भन्ने विषय विद्यार्थी तथा सरोकारवालाबीच चासोको विषय बनेको छ। निर्वाचनको परिणामले विद्यार्थी राजनीति र क्याम्पसको भावी दिशालाई निर्धारण गर्नेछ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.