बैतडीको पुर्चौडि नगर पालिकाले गर्यो रोजगार मुलक सिप विकास तालिमको उद्घाटन

बैतडी । पुर्चौडि नगर पालिका बैतडीले रोजगार मुलक सिप विकास तालिमको उद्घाटन गरेको छ ्र शनिवार पालिका को वडा नं ६ भुमिराजमा आलू चिप्स, वडा नं ७ कोटिला र वडा नं १ हाटमा बल्ले साबुन र झोलसोडा बनाउने तालिमको सम्बंधित वडाहरुमा छुट्टाछुट्टै कार्यक्रमका बिच उद्घाटन गरिएको नगर सचिवालयले जनाएको छ ।

नगर प्रमुख दिपक ब। बम प्रमुख अथिति रहेका उक्त कार्यक्रमका विशिष्ट अथिति नगर उप प्रमुख मिना धानुक रहेका थिए भने लघु उद्यम साखा संयोजक एवम् कार्यक्रमका संयोजक अनिल बोहरा, नगर प्रवक्ता एवम् वडा नं ७ का वडा अध्यक्ष धिरेन्द्र बम, वडा नं १ का वडा अध्यक्ष गणेश गडाल, जनप्रतिनिधि, स्थानीयहरुको सहभागीता रहेको वडा अध्यक्ष गडालले बताए। अध्यक्ष गडालका अनुसार पालिका भित्र गरिएको गत सालको युवा सम्मेलनको माग अनुसार नगर पालिका भित्रका १५० जनायुवा लाई तालिम दिने निर्णय कार्यपालिका मा गरिएको छ।

कार्यक्रम नगरीएका वडा हरु महादेव स्थान र न्वादेउमा निङ्ला र बास, भटना र कुवाकोटमा सिलाई कटाई, मल्लादेहि अगरबत्ती, तल्लादेहि र बिजयपुरमा हाउस वाइरिङ सम्बन्धित तालिम छिट्टै संचालन गरिने बताए। सुरू गरिएका तालिमहरुका लागि पालिकाले कार्यक्रम संयोजक लघु उद्यम साखा संयोजक अनिल बोहरा लाई राखेको छ भने पर्शिक्षकहरु आलु चिप्सका लक्ष्मी चन्द र डल्ले साबुन र झोल सोडाका लक्ष्मी साहलाई कन्चनपुर बाट बोलाएको नगर प्रमुख बमले बताए ।

Leave A Reply

Your email address will not be published.