दार्चुला। दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीको विदाई गरिएको छ । दार्चुला जिल्लावाट गृहमन्त्रालयमा सरुवा हुनु भएका प्रमुख जिल्ला अधिकारी जोशीको मंगलबार आज कर्मचारी मिलन केन्द्र दार्चुलाले एक औपचारीक कार्यक्रमको आयोजना गरि विदाई गरेको हो । गृह मन्त्रालयले जोशीको मन्त्रालयमै सरुवा गरेपछि आज मिलन केन्द्रले फेरी भेटौला कार्यक्रमको आयोजनागरी विदाई गरेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
मिलन केन्द्र दार्चुलाको आयोजनामा गरिएको बिदाई कार्यक्रममा मिलन केन्द्र दार्चुलाका अध्यक्ष जयराज पन्तको अध्यक्षतामा प्रमुख जिल्ला अधिकारी जोशीको विदाई गरिएको हो । विदाई कार्यक्रममा जिल्लास्थित कार्यालय प्रमुखहरु सुरक्षा निकायका प्रमुख सहित पत्रकारहरुको सभागितामा प्रमुख जिल्ला अधिकारी जोशीको विदाई गरिएको प्रशासनले जनाएको छ ।
कार्यक्रममा बोल्ने आधिकांश वक्ताहरूले प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले आफ्नो एक वर्षे कार्यकालमा प्रशासनबाट जिल्लामा राम्रो काम गरेको भन्दै प्रशंसा गरेका छन । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी जोशीले दार्चुलाको सम्झना सँधै रहिरहने र आफ्नो कार्यकालमा विभिन्न सल्लाह सुझाव दिने राजनितिक दल, कर्मचारी, पत्रकार,जिल्लाबासी आम नागरिक लगायत सम्पुर्णमा धन्यबाद व्यक्त गरेका छन् । गत वर्ष २०८० चैत १२ गते जिल्ला प्रशासन कार्यालय दार्चुलामा हाजिर भएका प्रमुख जिल्ला अधिकारी जोशीको एक वर्ष १३ दिन दार्चुला बसाई पछि गृह मन्त्रालयमा सरुवा भएको हो।
जोशीको सरुवा सँगै उनको ठाउँमा काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेललाई जिम्मेवारीसहित पठाइएको छ । जोशी आगामी जेठमा सेवा निवृत समेत हुँदैछन् । गृहमन्त्रालयले दार्चुलामा काठमाण्डौ सहायक प्रमुख जिल्ला अधिकारी पौडलेल प्रमुख जिल्ला अधिकारीको रुपमा दार्चुला पठाएको छ । उहाँ केही दिनमै जिल्ला पुग्ने सुरक्षास्रोतले जानकारी दिएको छ । यसैविच प्रमुख जिल्ला अधिकारी जोशीको सुरक्षा प्रमुख लगायत विभिन्न कार्यालयहरुले पनि फेरी भेटौला कार्यक्रम मार्फत विदाई गरेको बताएका छन ।