दार्चुला — लेकम गाउँपालिका–१, सर्मोलीस्थित बडिपुर माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा भूपू विद्यार्थी नरेन्द्र रावल सर्वसम्मत चयन भएका छन्।
बुधवार सम्पन्न निर्वाचनबाट रावल अध्यक्ष पदमा निर्विरोध चयन भएका हुन्। विद्यालयमै अध्ययन गरेका रावलले शिक्षा क्षेत्रमा सक्रियता जनाउँदै स्थानीय तहमा निरन्तर योगदान दिँदै आएका छन्।
विद्यालयका कम्प्युटर अपरेटर महादेव साउँदका अनुसार समितिका सदस्यहरूमा दिपक सिंह साउद, मालती बोहरा, नन्दा जोशी पन्त, कविता बोहरा र अम्मर कार्की सर्वसम्मत रुपमा चयन भएका छन्।
शिक्षक–अभिभावक समिति पनि गठन
त्यसैदिन विद्यालयमा शिक्षक–अभिभावक समिति समेत गठन गरिएको छ। उक्त समितिको अध्यक्षमा दौलत सिंह साउद चयन भएका छन्।
विद्यालयमा नयाँ नेतृत्व आएसँगै शैक्षिक सुधार, पूर्वाधार विकास र विद्यार्थीमैत्री वातावरण निर्माणमा टेवा पुग्ने स्थानीयको विश्वास रहेको छ।
समुदायसँगको सहकार्य र भूपू विद्यार्थीको नेतृत्वमा बनेको समिति प्रभावकारी बन्ने अपेक्षा गरिएको छ।