दार्चुलाका नयाँ प्रमुख जिल्ला अधिकारी पौडेलले गरे पत्रकारहरुबिच परिचयात्म कार्यक्रम

दार्चुला । जिल्ला प्रसासन कार्यालय दार्चुलाले आइतबार आज जिल्ला प्रसासनमा आयोजना गरेको पत्रकारहरु बिचको परिचयात्म तथा अन्तर्किया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रसासन दार्चुलाका तत्कालीन प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीको गृहमन्त्रालय सरुवा भए पछि उहाँको ठाउँमा काठमाण्डौ बाट अनिल पौडेल नयाँ प्रजिअका रुपमा जिल्ला आएपछि पत्रकारहरु बीच राखेको परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको हो । पत्रकार र प्रमुख जिल्लाअधिकारी बीच भएको परिचयात्म तथा अन्तर्किया कार्यक्रममा जिल्लामा सान्ती सुरक्षा खुला सिमानाकामा हुने मानव बेचबिखन तथा सिमाविबाद सम्बन्धी छलफल अन्तरक्रिया गरिएको छ ।

जिल्लामा नँया आउनु भएका प्रमुख जिल्ला अधिकारी पौडेल समक्ष पत्रकारहरुले विशेष गरी बेला बेला भारतसंग हुने सिमाविबाद तत्काल हलगर्नुपर्ने तथा जिल्ला प्रसाससनमा सेवा लिन आएका सेवा ग्राहीलाइ सहज रुपमा सेवा दिन आग्रह गरेका छन । दार्चुलामा बारम्बार नेपाल र भारतबीच सीमा विवाद भइरने भन्दै प्रजिअ पौडेलले आफु प्रमुख जिल्ला अधिकारी भएर आएपछि छिमेकी राष्ट्र भारतका अधिकारीहरुसंग बसेर सिमा विवाद समाधान गर्ने प्रयास निरन्तर रुपमा गर्ने बताएका छन ।

भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको दार्चुला क्षेत्रलाई पछिल्लो समय चासोका साथ हेर्ने गरिएको पनि उहाँले बताउनु भयो । दार्चुलामा बस्दासम्म जिल्लास्थित सबै संघसंस्था राजनितिक दल, नागरीक समाज,ब्द्धिजीवी पत्रकारहरुबाट सकारात्मक सहयोग पाएमा आफुलाई काम गर्न सहज हुने बताउनु भयो । प्रजिअ पौडेलले चैत्र २८ गतेबाट दार्चुला प्रशासनको नेतृत्व समालेका छन । यस्तै उहाँले जिल्लामा बस्दा पत्रकारहरुसंग मसधुर सम्बन्ध कायम राख्ने बताएका छन ।

Leave A Reply

Your email address will not be published.