चालु आर्थिक वर्षको नौ महिनामा २ हजार बढी नेपाली नागरिकता वितरण

दार्चुला । जिल्ला प्रशासन कार्यालय दार्चुलाले चालु आर्थिक वर्षको नौ महिनामा २ हजार बढी नेपाली नागरिकता वितरण गरेको छ । गत साउन १ गते देखि गत चैत्र २६ गतेसम्म जिल्ला प्रशासन कार्यालय दार्चुला मार्फत २ हजार ५६५ जनालाई नेपाली नागरिकता वितरण गरिएको प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
दार्चुलाबाट सरुवा भइ गृहमन्त्रालय गएका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले विदाई कार्यक्रम पछि जिल्लास्थित पत्रकारहरु संग कुराकानी गदैँ चालु आर्थिक वर्षको नौ महिनामा २ हजार बढी व्यक्तिलाई नेपाली नागरिकता वितरण गरेको बताएका छन । जसमध्ये पुरुष १हजार २३० जना र महिला १ हजार ३३४ जनालाई वितरण गरिएको बताएका छन । चालु आर्थिक वर्षको नौ महिनामा प्रशासनबाट २ हजार ५७२ जनाको नागरीकता प्रतिलिपि वितरण गरिएको छ ।
प्रशासनबाट १४ जनालाई नालाबक परिचय पत्र वितरण गरिएको निवर्तमान प्रमुख जिल्ला अधिकारी जोशीले बताउनु भयो । चालु आर्थिक वर्ष २०८१÷०८२को श्रावण देखि गत चैत्र २५ गतेसम्म ५हजार ३३८ वटा राष्ट्रिय परिचयपत्र संकलन गरिएको छ । जसमध्ये २ हजार ९६ वटा मात्रै वितरण गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
प्रशासनमा दर्ता भएका मुद्धामध्ये ३९मुद्धाको फछयौँट
जिल्ला प्रशासन कार्यालय दार्चुलामा गत आर्थिक वर्ष र चालु आर्थिक वर्षका गरी जम्मा ५६ वटा मुद्धाहरु दर्ता भएका छन । गत आर्थिक वर्ष २०८०÷०८१र चालु आर्थिक वर्ष २०८१÷०८२को हालसम्म ५६ वटा मुद्धाहरु दर्ता भएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । अझै दर्ता भएका मध्ये १७ वटा मुद्धाको फछयौट गर्न बाकी रहेको छ ।
प्रशासन कार्यालय दार्चुलामा अभद्र व्यवहार गर्न नहुने मुद्धाको संख्या सबै भन्दा बढि ४७ वटा देखिएको छ । यस्तै सवारी ज्यान क्षतिपुर्तिका ३ र जुवा खेल्न नहुनेका ६ वटा मुद्धा दर्ता भएको साहयक प्रमुख जिल्ला अधिकारी एव सुचना अधिकारी मोहन सिह धामीले जानकारी दिनु भयो ।, दर्ता भएका मध्ये ३९ मुद्धाको फछयौट गरिएको उहाँले बताउनु भयो ।
प्रशासन कार्यालय दार्चुलामा अभद्र व्यवहार गर्न नहुने मुद्धा फछयौट प्रतिशतमा हेर्दा ७६.२० प्रतिशत,जुवा खेल्न नहुने फछयौट प्रतिशतमा हेर्दा ८३.३३ प्रतिशत र सवारी ज्यान क्षतिपुर्तिका सम्बन्धीको मुद्धा फछयौट प्रतिशतमा हेर्दा ३३.३३ प्रतिशत रहेको प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.