दार्चुलामा एसईई दिएका ३५जना विद्यार्थीहरुलाइ सिमकार्ड, वितरण

दार्चुलामा एसईई दिएका ३५जना विद्यार्थीहरुलाइ सिमकार्ड, वितरण

दार्चुला । दार्चुलामा माध्यमिक शिक्षा परीक्षा एसईई दिएर बसेका विद्यार्थीहरुलाई सिमकार्ड वितरण भइरहेको छ । गत चैत्र २६ गते देखि दैनिक रुपमा अहिले विद्यार्थीहरुलाई सिमकार्ड वितरण भइरहेको टेलिकम दार्चुलाले जनाएको छ ।टेलिकम दार्चुलाका अनुसार अहिले दैनिकजसो कार्यालयबाट दुईचारजना विद्यार्थीहरुलाई रु. २० रुपैँया मै टेलिकमको सिमकार्ड, वितरण भइरहेको कार्यालय प्रमुख कृष्ण बहादुर गुरुङले जानकारी दिनुभयो ।

नेपाल टेलिकमले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सहभागी परीक्षार्थीहरूका लागि ‘एसईई अफर २०८१’ घोषणा गरे अनुसार अहिले सिमकार्ड वितरण भइरहेको उहाँले बताउनु भयो । यस अन्तर्गत उक्त सिममा ‘बोनस र रिचार्ज’ पनि उपलब्ध हुने बताइएको छ । टेलिकम दार्चुलाले गत चैत्र २६ गते देखि आज सम्म ३५जना विद्यार्थीहरुलाईरु.२० रुपैँयामै टेलिकमको सिमकार्ड, वितरण गरेको जनाएको छ । एसईई अफर तथा बोनस अन रिचार्ज आगामी असारमसान्त सम्म सञ्चालन हुने बताइएको छ ।

नयाँ सिम प्राप्त गरेका विद्यार्थीले सिमकार्डमा मेन ब्यालेन्सको रूपमा उपलब्ध हुने रु. ९.८० बाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस पठाउन वा डाटा चलाउन सक्नेछन् । यसका अतिरिक्त, ३० दिनसम्मका लागि प्रतिदिन नेपाल टेलिकमको नेटवर्कभित्र २० मिनेट अन–नेट भ्वाइस कल, १० ओटा अन–नेट एसएमएस र ५०० एमबी डेटासमेत पाउने टेलिकम दार्चुलाले जनाएको छ ।
नयाँ सिम प्राप्त गर्न विद्यार्थीहरूले एसईईको प्रवेश पत्र (एडमिट कार्ड) वा कक्षा १० को मार्कशिटको फोटोकपी, एकप्रति फोटो र आफ्नो वा अभिभावकको नागरिकता, राष्ट्रिय परिचयपत्र लगायतका सरकारी परिचयपत्रको फोटोकपी साथमा ल्याउन भनेको छ ।

Leave A Reply

Your email address will not be published.