महाकाली नगरपालिकामा कक्षा ८ को ग्रेड वृद्धि परीक्षा स्थगित

दार्चुला। दार्चुलाको महाकाली नगरपालिकाले कक्षा ८ को ग्रेड वृद्धि परीक्षा स्थगित गरेको छ । नेपाल शिक्षक महासंघद्धारा शिक्षा ऐन संसोधनको माग सहित राष्ट्रव्यापी शैक्षिक आमहडतालका कारण कक्षा ८ को ग्रेड वृद्धि परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको हो ।

बुधबार आज नगरपालिकाले एक सुचना जारी गदैँ शौक्षिक सत्र २०८१को आधारभुत तह स्तरीय परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको प्रमुख प्रमुख शाासकिय अधिकृत ईश्वरी ठगुन्नाले जानकारी दिनुभयो ।

बैशाख ५ गते र ६ गते हुने भनिएको कक्षा ८ को ग्रेड वृद्धि परीक्षा अर्को सूचना नआएसम्मको लागि स्थगित गरिएको उहाँले बताउनु भयो । आधारभुत तह स्तरीय कक्षा ८को परीक्षामा बढिमा २ विषयमा एनजी आएका तथा अनुपस्थित भएका विद्यार्थीका लागि तोकिएको परीक्षा स्थगित गर्नुपरेको शिक्षा शाखा संयोजक हेमराज जोशीले जानकारी दिनुभयो ।

शिक्षकहरुले शैक्षिक आमहडतालमा ऐकेवद्धता जनाउने भएपछि परीक्षा व्यवस्थापनमा समस्या हुने भएकाले परीक्षा स्थगित गरिएको उनको भनाई रहेको छ । यसअघि महाकाली नगरपालिकामा सञ्चालन भएको आधारभूत तह वार्षिक उर्तिण परीक्षामा सहभागी भएका विद्यार्थीमध्ये ६१.२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । महाकाली नगरपालिकाले चैत्र ३ गतेदेखि चैत १० गतेसम्म सञ्चालन गरेको परीक्षामा १८ विद्यालयका ५सय ८२ जना परीक्षार्थीहरुको सहभागिता रहेको थियो ।

परीक्षामा सहभागी भएकामध्ये ३ सय ५६जना विद्यार्थी उत्तीर्ण भएका थिए ।नगरपालिकाको शिक्षा शाखाले सार्वजनिक गरेको विबरण अनुसार नेपाली विषयमा ४४ जना विद्यार्थीको ननग्रेड आएको छ । यस्तै अंग्रेजीमा ३१ जना गणितमा १७८ जना विज्ञानमा १०९ जना सामाजिकमा २८ जना स्वास्थ्यमा ३१ जना तथा हाम्रो महाकालीमा १७ जनाको ननग्रेड आएको नगरपालिकाले जनाएको छ । काठमाण्डौ केन्द्रित आन्दोलन गर्दै आएका शिक्षकहरुले चैत २५ देखि आम शैक्षिक हड्तालको घोषणा गरेका छन् ।

Leave A Reply

Your email address will not be published.