दार्चुला- दार्चुला जिल्लाको लेकम गाउँपालिका वडा नम्बर १ खेताली स्थित चौलानी नदीको किनारमा अन्दाजी ४५ वर्षीय एक पुरुषको वेवारिसे शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी कान्तीराज जोशीका अनुसार बुधवार दिउँसो साढे ३ बजेतिर उक्त शव स्थानीयवासीले देखेपछि प्रहरीलाई जानकारी गराइएको थियो।
जोशीका अनुसार शवको हालसम्म पहिचान खुल्न सकेको छैन। मृतकको पोशाक र अन्य विवरणका आधारमा अनुसन्धान अघि बढाइएको छ। शवलाई अहिले थप परीक्षणका लागि गोकुलेश्वर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।