दार्चुला- दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ मल्वाबमा रहेको लटिनाथ दुदिला मन्दिर निर्माणको लागि अर्थिक सहयोग गर्न आग्रह गरिएको छ ।
स्थानीय सरकार तथा सरोकारवालाहरुले चाँसो नदेखाएपछि स्थानीय युवाहरुको सक्रियतामा बैशाख १५ गतेबाट मन्दिर निर्माणको लागि सहयोग अभियान सञ्चालन गरिएकोले आर्थिक सहयोग गरिदिन समितिका अध्यक्ष अनिल सिंह धामीले आग्रह गर्नुभयो ।
स्थानीय सरकार र अन्य कुनैपनी निकायबाट मन्दिरको पुनःनिर्माण तथा घेर पर्खाल र गेट निर्माणको लागि पहल नभएपछि स्थानीय युवाहरुको सक्रियतामा सहयोग अभियान सञ्चालन गरिएको समितिका सचिव उमेश सिंह धामीले बताउनुभयो ।
हालसम्म मन्दिरको पुनःनिर्माण गेट तथा घेरपर्खाल निर्माणको लागि रकम संकलन अभियान जारी रहेको र श्रमदानका लागि पनी अपिल गरिएको धामीले बताउनुभयो । ‘आफनो गाउँ आफै बनाउ’ भन्ने भावका साथ युवाहरुले सञ्चालन गरेको अभियानमा सहयोग गर्न मन्दिरका भरणे गणेश सिंह धामीले आग्रह गर्नुभयो । मन्दिरको गेट निर्माणको लागि शिलन्यास गरी काम सञ्चालन भइसकेकोले श्रमदान गर्न इच्छुक सम्पुर्ण आस्थावान भक्तजनहरु, समाजसेवी र स्थानीय युवाहरुमा अभियानामा सहभागी भइ आर्थिक सहयोगका साथै श्रमदान गरी निर्माणकार्य सम्पन्न गर्न समितिले आग्रह गरेको छ ।
अभियान सञ्चालन गरेर निर्माण गरिन लागेको मन्दिरको प्रवेद्धार (गेट)को सोमबार आज शिलन्यास गरिएको मालिकार्जुन लटिनाथ दुदिला मन्दिर विकास समितिका संयोजक शेर सिंह धामीले बताउनुभयो । मालिकार्जुन–३ मा रहेको लटिनाथ मन्दिरको प्रवेशद्धार (गेट) निर्माणको लागि विभिन्न निकाय संग आग्रह गर्दा पनि गेट निर्माणमा कसैले चाँसो नदेखाए पछि स्थानीय युवाहरु समिति मार्फत अभियान सञ्चालन गरि गेट र घेर पर्खाल निर्माण गरिरहेको समितिका अध्यक्ष अनिल सिंह धामीले बताउनुभयो ।
अहिले मन्दिरमा घेर पर्खाल र गेट निर्माणको लागि देश तथा विदेशबाट आर्थिक संहयोग संकलन भइरहेको उहाँले बताउनुभयो । साथै मन्दिरको घेर पर्खाल तथा गेट निर्माणमा सहयोग गर्न चाहनेहरुले समितिमा सम्पर्क गर्न अध्यक्ष धामीले आग्रह गर्नुभयो।