शैल्यशिखर धाममा आज शिखर पुजन जात्रा सुरु

दार्चुला– सुदूरपश्चिमको धार्मिक आस्थाको केन्द्र मानिने दार्चुलास्थित श्री मालिकार्जुन शैल्यशिखर धाममा आज असार शुक्ल चतुर्दशीका अवसरमा शिखर पुजन जात्रा भव्य रूपमा आरम्भ भएको छ । प्रत्येक वर्ष असार शुक्ल चतुर्दशी र कार्तिक शुक्ल त्रयोदशीका दिन आयोजना हुने शिखर पूजन जात्रामा आज बिहानदेखि नै दर्शनार्थी भक्तजनहरूको ओहिरो लागेको छ ।

मालिकार्जुन मन्दिर व्यवस्थापन समितिका अनुसार यो वर्षको शिखर जात्रा असार २५ गते अर्थात् आजकै दिन विशेष पूजाआजा सहित सुरु गरिएको हो। दार्चुलाको मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकाको सीमामा अवस्थित यस पवित्र तीर्थस्थलमा दार्चुला बैतडी बझाङलगायत सुदूरपश्चिमका विभिन्न जिल्ला तथा भारतका सिमावर्ती क्षेत्रबाट हजारौं श्रद्धालुका लागि आउने गरेका छन । पवित्र मनले शिखर धामको दर्शा गदाए पुण्य हुने जनविश्वास रही भएको छ ।

शैल्यशिखर जात्राको लागि विषेश धर्मानुशासन पनि अवलम्ब गरिन्छ । व्रतबन्ध गरेका पुरुष र महिलाहरूले जात्रामा सहभागी हुन कम्तीमा १५ दिन अघिदेखि एक छाक खाएर शुद्ध भई यात्रा गर्नुपर्ने धार्मिक मान्यता रहेको छ । शुद्ध आचरण पवित्र मन र गहिरो आस्थाका साथ गरिने यो जात्रा सुदूरपश्चिमको धार्मिक सांस्कृतिक र सामाजिक पहिचानसँग जोडिएको महान पर्वको रुपमा लिइन्छ छ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!