दार्चुला – राष्ट्रिय भूमि आयोग दार्चुलाले बिगतका समिती र कार्यदलबाट बाकी रहेका दार्चुलाको शैल्यशिखर नगरपालिका -६ का अव्यवस्थित बसोबासीलाई सोमबार (आज) जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको छ । नापजाँचको काम सकिएकाले जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको हो ।
यहाँका ४५ जनालाई प्रमाणपुर्जा वितरण गरिएको नेपाल सरकार भुमि समस्या समाधान आयोग जिल्ला समिती दार्चुला का अध्यक्ष लाल सिंह धामीले जानकारी दिनुभयो।
नेपाल सरकार भुमिहिन दलित भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासिको लगत संकलन सम्बन्धि कार्यविधि २०७८ अनुसार जग्गाको नापजाँच फोल्ड मुचुल्का राजस्व संकलन लगायतका आवस्यक प्रक्रिया पुरा गरेर अव्यवस्थित बसोबासीलाई प्रमाण पुर्जा वितरण गरिएको नापी कार्यालय दार्चुलाका कार्यालय प्रमुख टिकेन्द्र सिंह धामीले जानकारी दिनुभयो ।
शैल्यशिखर नगरपालिका -६ का ४५ जनालाई २ सय ९४ रोपनीको प्रमाणपुर्जा वितरण गरिएको हो।
उहाँ हरुबाट ७ लाख ३८ हजार ५४ रुपैयाँ राजस्व सङ्कलन गरिएको बताइएको छ।
जग्गाधनीले १० बर्षसम्म उक्त जग्गा बिक्री गर्न नपाउने मालपोत कार्यालय दार्चुलाका कार्यालय प्रमुख लक्ष्मी दत्त बिस्टले जानकारी दिनुभयो।
वडा न ६ मा तिन सय पन्ध्र अव्यवस्थित बसोबासी रहेकोमा ८२ जनाको मात्र निवेदन संकलन गरिएको थियो । जसमध्ये पैंतालीस जना अव्यवस्थित बसोबासीले मात्र राज्वस्व बुझाएको बिस्टले बताउनुभयो।
दशकअघिदेखिको समस्याका रूपमा रहेको अव्यवस्थित बसोबासी लाई निकै चुनौतीका बाबजुद जग्गाधनी प्रमाण पुर्जा दिन सफल भएको अध्यक्ष लाल सिंह धामीले भन्नुभयो ।
स्थानीय तहको सहकार्यबाट नै अव्यवस्थित जग्गाको नापजाँच भएर लालपुर्जा वितरण गर्न सफल भएको उहाँले बताउनुभयो ।
कार्यक्रममा शैल्यशिखर नगरपालिकाका उपप्रमुख शान्ती खडायतले नगरक्षेत्र भित्र बाकी रहेका अव्यवस्थित बसोबासी र भुमिहिन सुकुम्बासी लाई आयोग संगको समन्वयमा छिट्टै प्रमाणपुर्जा वितरण गर्ने प्रतिबद्धता जनाउनुभयो।
प्रमाण पुर्जा वितरण गर्दै जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख महादेव बडुले विगतमा पनि जग्गा बिहिन हरुलाई सेतो पुर्जा मार्फत जग्गाको स्वामित्व प्रदान गरेको बताउनुभयो।
उहाले भन्नू भयो आज देखि तपाईहरुले जग्गाको प्रमाणपुर्जा प्राप्त गर्नुभयो यो हाम्रो लागि खुसीको दिन हो।
पुर्जा पाएपछि यहाँका स्थानीय खुसी भएका छन ।
भुमी समस्या समाधान आयोग जिल्ला समिती दार्चुलाले यसअघि जिल्लाको दुहु गाउँपालिकामा १८ जना अव्यवस्थित बसोबासीलाई प्रमाणपुर्जा बितरण गरेको थियो।
आज सम्पन्न भएको कार्यक्रममा जिल्ला समिति समन्वय प्रमुख महादेव बडु, प्रमुख जिल्ला अधिकारी अनिल पौडेल ,ससस्त्र प्रहरी दार्चुलाका प्रमुख देव राज जोशी जिल्ला प्रहरी कार्यालय दार्चुला का डिएसपी प्रकाश दाहाल , राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय का प्रमुख अनुसन्धान अधिकृत गोबिन्द पाण्डे नापिकार्यालयका प्रमुख टिकेन्द्र सिंह धामी, मालपोत कार्यालय दार्चुलाका कार्यालय प्रमुख लक्ष्मी दत्त बिष्ट , शैल्यशिखर नगरपालिकाका उप प्रमुख शान्ती खडायत वडा नम्बर ६ का वडा अध्यक्ष जगदीश सिंह धामी लगायत स्थानीयको उपस्थिति रहेको थियो।