सेटीगाउँ क्याम्पसमा छात्राहरूलाई सेनेटरी प्याड वितरण

दार्चुला— डिलाशैनी गाउँपालिका–६ स्थित सेटीगाउँ बहुमुखी क्याम्पसमा अध्ययनरत छात्राहरूलाई लक्षित गरी स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले सेनेटरी प्याड वितरण गरेको छ। महिनावारीको समयमा छात्राहरूले सहज महसुस गर्न सकून् भन्ने उद्देश्यले एक हजारभन्दा बढी सेनेटरी प्याड वितरण गरिएको स्ववियु सभापति कृष्णसिंह रावलले जानकारी दिए।

उनका अनुसार सेटीगाउँ बहुमुखी क्याम्पसमा अध्ययनरत करिब ३५० जना छात्रा तथा हाल स्नातक तहको प्रथम वर्षको परीक्षा दिन आएका लटिनाथ बहुमुखी क्याम्पस, मार्माका ५० जना छात्रालाई समेत यो सुविधा प्रदान गरिएको हो।

सभापति रावलका अनुसार, “महिनावारीका बेला छात्राहरूलाई स्वच्छता र सुविधा पुर्‍याउने उद्देश्यले हामीले यो कार्य गरेका हौँ। विद्यार्थीहरूको मागअनुसार उनीहरूको हकहितमा काम गर्नु हाम्रो प्रमुख जिम्मेवारी हो।”

सेनेटरी प्याड वितरणपछि छात्राहरूले स्ववियुको यो प्रयासप्रति खुशी व्यक्त गरेका छन्। उनीहरूले महिनावारी सरसफाइमा सहजता पुगेको प्रतिक्रिया दिएका छन्।

स्ववियुका अनुसार आगामी दिनहरूमा पनि विद्यार्थीहरूको आवश्यकता र मागलाई प्राथमिकतामा राख्दै यस्ता सहयोगमूलक कार्यक्रमहरू सञ्चालन गरिनेछ।

Leave A Reply

Your email address will not be published.