दार्चुला– दार्चुलाको व्यासँ गाउँपालिकाले घरेलु मदिराको उत्पादन, ओसारपोसार, र विक्री वितरणमा प्रतिबन्ध लगाएको छ ।
साउन ९ गते बसेको गाउँकार्यपालिका बैठकले पालिकाभित्र घरेलु मदिराको उत्पादन, ओसारपोसार, र विक्री वितरणमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो । बैठकले मदिरा सेवनगरी हुल— हुल्जत गर्नेलाई समेत दण्ड जरिवना गराउने निर्णय गरेको पालिका उपाध्यक्ष विनोद सिँह कुवरले जानकारी दिए ।
गाउँकार्यपालिका बैठकले गरेका निर्णय कार्यान्वन गर्न सम्बन्धित वडा कार्यालय र पालिकाको भुगोल भित्र रहेका प्रहरी कार्यालयलाई अनुरोध गर्ने निर्णय गरिएको उनले बताए ।
गाउँपालिकाले घरेलु मदिराको उत्पादन,गरेको भेटेमा ५ हजार, ओसारपोसार गरेको भेटेमा ३ हजार विक्री वितरण गरेमो भेटेमा २ हजार र मदिरा सेवनगरी हुल— हुल्जत गर्नेलाई १५ सय रुपैँया जरिवना गर्ने चेतावनी दिएको छ । पालिकाले सुचना मार्फत नै दण्ड जरिवना मार्फत संकलन भएको रकम मध्ये ४० प्रतिशत रकम प्रोत्साहन स्वरुप सम्बन्धित प्रहरी कार्यालय उपलब्ध गराइने जनाएको छ । गाउँपालिकाको वडा नं १,२ मा शौका समुदायको बसोबास रहेको छ ।
उक्त वडाका नागरीकहरुले पनि आफनो सांस्कृतिक प्रयोजन बाहेकका क्रियाकलापमा सोही बमोजिम जरिवना गरिने गाउँपालिकाले जनाएको छ ।
