दार्चुलामा पछिल्लो ३ बर्षमा २७ जना नवजात शिशुको ज्यान गयो

दार्चुला । दार्चुलामा पछिल्लो ३ बर्षमा २७ जना नवजात शिशुको ज्यान गएको छ । स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार पछिल्लो ३ बर्षमा जिल्लाका ८ स्थानीय तहका २७ जना नवजात शिशुको ज्यान गएको जनाएको छ ।

आर्थिक बर्ष २०७९/०८० देखि गत आर्थिक बर्ष २०८१/०८२ सम्म २७ जना नवजात शिशुको ज्यान गएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख विरेन्द्र प्रसाद भट्टले जानकारी दिनुभयो ।
जिल्लाको मार्मा गाउँपालिका बाहेक अन्य ८वटा स्थानीय तहमा जन्मेका नवजात शिशुको ज्यान गएको उहाँले बताउनु भयो ।

जिल्लामा आर्थिक बर्ष २०८१/०८२ मा ९ जना नवजात शिशुको ज्यान गएको छ । उक्त आर्थिक बर्षमा जिल्लाको महाकाली नगरपालिकामा सबैभन्दा बढी ३ जना नवजात शिशुको ज्यान गएको छ ।
त्यस्तै मालिकार्जुन गाउँपालिकामा २ जना, दुहुँ, अपिहिमाल ,लेकम गाउँपालिका र शैल्यशिखर नगरपालिकामा १–१ जना नवजात शिशुको ज्यानु गएको कार्यालय प्रमुख भट्टले जानकारी दिनुभयो ।

जिल्लामा आर्थिक बर्ष २०७९/०८० मा ६ जना नवजात शिशुको ज्यान गएको स्वास्थ्य कार्यालयको तथ्याङ्क छ । उक्त बर्ष जिल्लाको व्याँस गाउँपालिका, नौगाड गाउँपालिका, अपिहिमाल गाउँपालिका, मालिकार्जुन गाउँपालिका, लेकम गाउँपालिका र शैल्यशिखर नगरपालिकामा १–१ जना नवजात शिशुको ज्यान गएको छ ।

त्यस्तै आर्थिक बर्ष २०८०/०८१ मा जिल्लामा पछिल्लो ३ बर्षको सबै भन्दा बढी १२ जना नवजात शिशुको ज्यान गएको छ । उक्त बर्ष जिल्लाको नौगाड गाउँपालिका र लेकम गाउँपालिकामा ३–३ जना, महाकाली नगरपालिकामा २ जना र दुहुँ, अपिहिमाल, मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकामा १–१ जना नवजात शिशुको ज्यान गएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख भट्टले बताउनुभयो ।

स्थानीय तहअनुसार पछिल्लो ३ बर्षको तथ्याङ्क अनुसार महाकाली नगरपालिका र लेकम गाउँपालिकामा ५–५ जना नवजात शिशुको ज्यान गएको छ । त्यस्तै मालिकार्जुन गाउँपालिका र नौगाड गाउँपालिकामा ४–४ जना, शैल्यशिखर नगरपालिका र अपिहिमाल गाउँपालिकामा ३–३ जना, दुहुँ गाउँपालिकामा २ र जिल्लाकै दुर्गम व्याँस गाउँपालिकामा १ जनाको ज्यान गएको स्वास्थ्य कार्यालय दार्चुलाको तथ्याङ्कले देखाएको छ। यस अवधिमा मातृमृत्युको एक घट्ना मात्रै रहेको छ । पछिल्लो ३ बर्ष अपिहिमाल गाउँपालिकामा एक जना सुत्केरीको मृत्यु भएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!