दार्चुला । दार्चुलाको गोकुलेश्वर अस्पतालमा मेसिन बिग्रिएर बन्द भएको अल्ट्रासाउण्ड सेवा संञ्चालनमा आएको छ।
शैल्यशिखर नगरपालिका वडा नम्बर ९ मा रहेको गोकुलेश्वर अस्पतालमा अल्ट्रासाउण्ड मेसिन बिग्रीए पछि झन्डै ६ महिना देखि अल्ट्रासाउण्ड सेवा बन्द भएको थियो ।प्रदेश स्वास्थ्य आपुर्ती व्यवस्थापन केन्द्रले अल्ट्रासाउण्ड मेसिन उपलब्ध गराए संगै आइतबार बाट नियमित अल्ट्रासाउण्ड सेवा सञ्चालन भएको अस्पतालका सूचना अधिकारी जगदिश पाण्डेयले बताउनुभयो । लामो समय देखि अस्पतालमा अल्ट्रासाउण्ड सेवा बन्द हुँदा चेकजाँचका लागि आउने गर्भवती र बिरामी समस्यामा परेका थिए ।
अबदेखि अस्पतालमा नियमित रुपमै अल्ट्रासाउण्ड सेवा दिईने उहाँले बताउनुभयो । यस अघि अस्पताल संग भएको अल्ट्रासाउण्ड मेसिन बिग्रिएपछि लामो समय देखि अस्पतालमा अल्ट्रासाउण्ड सेवा बन्द रहेको थियो । अस्पतालमा अल्ट्रासाउण्ड सेवा बन्द भएपछि सेवाग्राहीले महंगो शुल्क तिरेर निजी अस्पतालबाट सेवा लिनुपर्ने बाध्यता रहेको थियो ।