लेकमका २२ वर्षीय युवक कञ्चनपुरमा मृत फेला

दार्चुला । दार्चुलाको लेकम घर भएका एक युवक कञ्चनपुरमा मृत फेला परेका छन् ।

गाउँपालिकाको वडा नम्बर २ गराडीका २२ वर्षीय प्रकाश सिंह धामी कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ११ भुजेला खोलामा मृत फेला परेका हुन ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी सागर बोहराका अनुसार हजुर आमा र श्रीमती संगै भुजेलामा बस्दै आएका धामी गएको शनिबार २४ गते देखि सम्पर्क विहिन रहेका थिए ।

प्रहरी र उनका आफन्तहरुले खोज्दै जाँदा सोमबार आज विहान मृत अवस्थामा फेला परेको उहाँले बताउनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।

Leave A Reply

Your email address will not be published.