दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्करसिंह धामीको अन्यत्र सरुवा गर्न स्थानीयले माग गरेका छन ।
सोमबार नौगाडका स्थानीयहरुले प्रमुख जिल्ला अधिकारी अनिल पौडेल मार्फत सङ्घीय प्रशासन तथा सामान्य प्रशासन मन्त्रालय काठमाण्डौँलाई पत्र पठाउँदै प्रमुख प्रशासकीय अधिकृत धामीलाई अन्यत्र सरुवा गरीदिन माग गरेका हुन ।
गाउँपालिकामा विगत लामो समय देखि प्रमुख प्रशासकीय अधिकृत धामीले स्थानियहरुले गरेको प्रश्नको जवाफ दिनुको सट्टा उल्टै प्रश्नकर्ता माथि झम्टीन गएको, रोजगार संयोजकलाई प्रयोग गरी अवैधानिक रुपमा पालिकाको प्राङगणमै कमसल सङ्रचना निर्माण गर्न लगाएकोमा पछि स्थानियहरुले सो सङ्रचनाको भिडियो सार्वजनिक गर्दा केहि कर्मचारी समेतको सङ्लग्नतामा अपाच्य शब्दहरु प्रयोग गरी सामाजिक सञ्जाल फेसबुक मार्फत गाली गलौज गरेको र गर्न लगाएको स्थानीयहरुले आरोप लगाएका छन ।
प्रमुख प्रशासकीय अधिकृत धामीको नेतृत्वमा कर्मचारीहरुलाई जर्वजस्ती हस्ताक्षर गराई ज्ञापन पत्र निकाल्ने काम भएको जसमा पार्टी अध्यक्ष धनि रामसिंह ठगुन्ना र समाचार प्रसारण गर्ने गतिशिल न्युजका संचालक हरिप्रसाद जोशीलाई कानुनी कार्वाहीको माग राखेको उनीहरुको आरोप छ ।
यस्तै साउन १९ गते गाउँपालिकामै कार्यरत रोजगार संयोजक रविन्द्र शाहलाई प्रयोग गरी गतिशिल न्युजका विरुद्ध जिल्ला अदालत दार्चुलामा गालीगलैजको मुद्दा दर्ता गर्न लगाई आफुले सामाजिक सञ्जाल फेसबुकबाट धम्कीपुर्ण भाषामा स्ट्याटस मात्र लेखेनन् दोस्रो स्ट्याटस राख्दै कानुनका ठेलि घोकेका कर्मचारीहरु सँग जोरी नखोज भनेर चुनौती दिएका लगायतका आरोप छन् ।
साथै स्थानीयले विभिन्न मितिमा गाँउपालिका अध्यक्ष समक्ष बुझाएका ज्ञापनपत्र माथी सुनुवाई नहुने गरेको अध्यक्षले प्रमुख प्रशासकीय अधिकृतलाई काखी च्याँपी भ्रष्ट्राचार जन्य क्रियाकलापमा सङ्लग्न रहेका गुनासा आईरहेकाले समयमै आवश्यक सहयोग गरी सरुवा गर्न माग गरेका छन् । उक्त पत्रमा नौगाडका स्थानीय प्रेमसिंह धामी, गोबिन्द ठगुन्ना, दमनसिंह मन्याल, प्रकाश ठगुन्ना, जगतसिंह ठगुन्ना, सालीभानसिंह ठगुन्ना र मङ्गलसिंह ठगुन्नाले हस्ताक्षर गर्नुभएको छ ।