एसईई ग्रेडवृद्धि परीक्षाका लागि दार्चुलामा ६ वटा केन्द्र निर्धारण

दार्चुला । दार्चुलामा एसईई ग्रेडवृद्धि परीक्षाका लागि ६ वटा परीक्षा केन्द्र निर्धारण गरिएका छन् । शिक्षा विकास तथा समन्वय इकाई कार्यालय दार्चुलाले सोमबार (आज) परीक्षा केन्द्रहरु निर्धारण गरेको हो ।

कार्यालयले जिल्ला सदमुकाम खलंगामा रहेको महेन्द्र नमुना माविमा क र ख गरि २ वटा, गोकुलेश्वर मावि गोकुले, शंकपुर मावि पस्ती, लटिनाथ मावि रस्कोट र लटिनाथ मावि चन्दनपुर चौपाता गरि ६ वटा परीक्षा केन्द्र निर्धारण गरिएको शिक्षा विकास तथा समन्वय इकाइ दार्चुलाका प्रमुख जयराज पन्तले जानकारी दिए ।

सबै बिषयमा पूरक परीक्षा दिन पाइने व्यवस्था भएपछि विद्यार्थी संख्याको आधारमा परीक्षा केन्द्र तोकिएको उहाँले बताउनु भयो । दार्चुलाबाट ६७४ जना छात्रा र ६०८ जना छात्रगरी जम्मा १ हजार २८२ जना विद्यार्थीले ग्रेडवृद्धि परीक्षामा सहभागिता जनाउने भएका छन ।

परीक्षा यहि साउन २९ गतेदेखि भाद्र ६ गते सम्म सञ्चालन हुने कार्यालयले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.