दार्चुला । लगातारको वर्षाले दार्चुलामा एक घर भत्किएको छ । जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ७ पन्तपाली खोज्यागैरका गंगासिंह धामीको तीन तले ढुङ्गाले बनाइएको कच्ची घर भत्किएको स्थानीय गजेन्द्र चन्दले जानकारी दिनु भयो ।
घर भत्किएको समयमा भित्र कोही नरहेकाले मानवीय क्षति नभएको बताइएको छ । आइतबार हिजो साँझ देखि भइरहेको वर्षाका कारण सोमबार आज दिउँसो घरको एक भित्ता पुर्ण रुपमा भत्किएको उहाँले बताउनुभयो । घटना बारे प्रहरीलाई जानकारी दिएपछि जोलजिवीबाट प्रहरीको टोली घटनास्थलमा पुगेको छ ।