दार्चुला- सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाका गणपति तथा एसपी देवराज जोशीले जन्मदिनको अवसरमा विभिन्न परोपकारी काम गरेका छन् ।
एसपी जोशीले जन्मदिनको अवसरमा महाकाली लोकमार्गको पनेबाँज गोकुलेश्वर सडकमा सात वटा पीपल, तीन वटा पय्यूँ, तीन वटा अमलाको विरूवा रोपण गर्नु भएको छ । यस्तै महाकाली नगरपालिका वडा नम्बर ८ काँकडामा नन्दगङ्गा यात्रु विश्राम गृहको उद्घाटन गर्नुभएको छ ।
यस्तै जिल्ला अस्पताल गल्फैमा १५ जना बिरामीलाई फलफूल र जुस वितरण गर्नुका साथै महेन्द्र मावि खलंगाको छात्रबासमा २० जना विद्यार्थीहरूलाई आवश्यक सामग्री तथा मिष्ठान्न भोजन वितरण गरिएको छ ।जन्मदिनमा परोपकारी काम गरेको भन्दै एसपी जोशीको प्रशंसा गरिएको छ । एसपी जोशीले अहिले सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाको नेतृत्व समालिरहेका छन ।