दार्चुला। दार्चुलामा प्रहरीले वन लसुन सहित एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नौगाड गाउँपालिका–४ सिप्टी बस्ने ३१ वर्षिय धाना धामी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी छत्रबहादुर रावतका अनुसार भारतबाट अवैधरुपमा नेपाल ल्याउने क्रममा सदरमुकाम खलङ्गा स्थित नेपाल–भारत जोड्ने पुलबाट महिलालाई पक्राउ गरिएको बताएका छन ।
सोमबार बेलुकी प्रहरीले उहाँको साथबाट पाँच किलोग्राम वन लसुन बरामद गरेको बताइएको छ ।
सङ्कलन पुर्जी (अनुमती पत्र) बिना भारतबाट नेपाल भित्र्याइरहेको वन लसुन सहित ति महिलालाई पक्राउ गरी हिरासतमा राखिएको छ ।
सदरमुकाम क्षेत्र वन कार्यायलको क्षेत्रमा पर्ने भएका कारण ति महिलालाई आवश्यक पक्रिया पुरा गरी आज डिभिजन वन कार्यालय दार्चुलाको जिम्मा लगाइने भएको छ ।