एसईई ग्रेडवृद्धि परीक्षामा दार्चुलाबाट झण्डै १२ सय भन्दा बढि विद्यार्थीले सहभागिता जनाउदैँ

दार्चुला । दार्चुलामा माध्यमिक शिक्षा परीक्षा एसईई ग्रेडवृद्धि तर्फ १२सय भन्दा बढि विद्यार्थीले परीक्षामा भाग लिने भएको छ ।

यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई ग्रेडवृद्धि विहिबार भोली देखि संञ्चालन हुदैँछ ।

परीक्षाको सम्पुर्ण तयारी पुरा भएको शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय दार्चुलाले जनाएको छ । यो वर्ष जिल्लामा एसईई ग्रेडवृद्धि परीक्षाका लागि ६ वटा परीक्षा केन्द्र निर्धारण गरिएका छन् ।

जिल्लाबाट यो वर्ष ६७४ जना छात्रा र ६०८ जना छात्रगरी जम्मा १ हजार २८२ जना विद्यार्थीले ग्रेडवृद्धि परीक्षामा सहभागिता जनाउने शिक्षा विकास तथा समन्वय इकाइ दार्चुलाका प्रमुख जयराज पन्तले जानकारी दिए ।

परीक्षा यहि साउन २९ गतेदेखि भाद्र ६ गते सम्म सञ्चालन हुने उहाँले बताउनु भयो ।

कार्यालयले जिल्ला सदमुकाम खलंगामा रहेको महेन्द्र नमुना माविमा क र ख गरि २ वटा, गोकुलेश्वर मावि गोकुले, शंकपुर मावि पस्ती, लटिनाथ मावि रस्कोट र लटिनाथ मावि चन्दनपुर चौपाता गरि ६ वटा परीक्षा केन्द्र निर्धारण छ ।

सबै बिषयमा पूरक परीक्षा दिन पाइने व्यवस्था भएपछि विद्यार्थी संख्याको आधारमा परीक्षा केन्द्र तोकिएको कार्यालयले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.