भूमि आयोग दार्चुलाका अध्यक्षले गरे उपप्रधानमन्त्री सिह र गृहमन्त्री लेखक संग भेटघाट

भूमि समस्या समाधान आयोग दार्चुलाका अध्यक्ष लालसिह धामीले उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंह र गृहमन्त्री रमेश लेखक संग भेटघाट गरेका छन ।

बुधबार आज शहरी विकास मन्त्रालयको सभा हलमा जिल्ला अध्यक्ष धामीले दुबैजना मन्त्रीसंग भेटघाट गरेको बताएका छन । भेटका क्रममा अध्यक्ष धामीले काम गर्दा भोगेका समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरेका छन ।

यस्तै उहाँले भूमिसम्बन्धी विधेयक नआउँदा भूमिहिन दलित र सुकुम्वासीलाई जग्गा वितरणमा समस्या भएकाले छिटो पारित गराउनका लागि पहल गर्न समेत आग्रह गरेका छन । भूमि आयोग दार्चुला जिल्ला अध्यक्ष लाल सिह धामीले उपप्रधानमन्त्री सिंह र गहृमन्त्री रमेश लेखक सँगको भेट सकारात्मक भएको बताएका छन ।

भेटमा उनले जिल्लाको नौगाड गाउँपलिका साविकको धुलिगडा गाविस र शैल्यखिर नगरपालिका साविकको देथला रत्यडा बस्ती क्षेत्रमा विगतमा भारतीय नागरीकहरुको बसोबास रहेकाले फिल्ड बुकमा पनि उनिहरुकै नाम देखिएको र उक्त ठाउँहरुमा भारतीय नागरीकहरुले बेचेर भारतमा बसोबास गरेको अवस्थामा अहिले नेपालीहरुले चलनभोग गरिरहेको बारे शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई जानकारी गराएका छन ।

यि ठाउँहरुमा चलन भोग गर्नेहरुकै नाममा परिवर्तन हुनुपर्ने पनि माग गरेका छन । यस्तै उहाँले मालिकार्जुन गाउँपालिकाको मडमा चौकी स्थापना हुनुभन्दा पहिले देखि नै चलनभोग गरिरहेका जग्गाधनीहरुको जमिन मालिकार्जुन प्रहरी चौकीको नाममा रहेकाले संशोधन हुनुपर्ने माग गरेका छन ।

जिल्लामा मन्दिर क्षेत्र भित्र पर्ने बाहेकका जमिनहरु पनि पुरै गुठीमा रहेकाले संशोधन हुनुपर्ने बताएका छन । जिल्लाका समस्या बताएपछि उपप्रधानमन्त्री सिंहले आयोगले भोगिरहेका समस्याबारे प्रधानमन्त्री र सम्बन्धित मन्त्रीहरुसँग कुरा गर्ने बताएका छन ।

उपप्रधानमन्त्री सिंहले आयोगको कामलाई प्रभावकारी बनाउन सरकारले गर्नुपर्ने आवश्यक सहयोग गर्ने भन्दै प्राप्त जिम्मेवारीलाई राम्रो ढँगले अगाडी बढाउन सुझाव दिएको समेत जिल्ला अध्यक्ष धामीले जानकारी दिनुभयो ।
सरकारले भूमिहीन, दलित, सुकुमवासीलाई जग्गा उपलब्ध गराउन तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्नका लागि कात्तिक १३ गते भूमि समस्या समाधान आयोग गठन गरेको थियो ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!