२ वर्षका अनमोल बोहरा ब्लड क्यान्सरसँग लड्दैः जीवन बचाउन सहयोगको अपिल

दार्चुला– दार्चुलाको लेकम गाउँपालिका–१, सर्मोली गाजरीका २ वर्षीय अनमोल बोहरा अहिले जीवन र मृत्युसँग संघर्ष गरिरहेका छन् । उनका बुवा सेरसिं बोहरा र आमा जानकी बोहरा, जीवनको सबैभन्दा कठिन मोडमा उभिएका छन् — जहाँ आफ्नै सन्तानको जीवन बचाउनको लागि उनीहरू असहाय बनेका छन् ।

अनमोलका बुबा सेर सि बोहरा र आमा जानकी बोहरा आफ्ना सन्तानको पीडाले रात–दिन छटपटाइरहेका छन् । रोगको थाहा पाएदेखि नै उनीहरूको भोकनिद्रा हराएको छ, आँखामा आँसु र मुटुमा असह्य पीडा छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार सम्भव नभएपछि अनमोललाई काठमाडौंको महाराजगञ्जस्थित बालकान्ति अस्पतालमा ल्याएर उपचार थालिएको छ ।

तर उपचार प्रक्रिया निकै खर्चिलो भएकाले आर्थिक अभाव थप पीडाको कारण बनेको छ । परिवारको आर्थिक अवस्था अत्यन्त कमजोर भएकाले आमा–बुबाले आफन्त, इष्टमित्र र गाउँघरका मान्छेबाट सक्दो सहयोगका लागि हार्दिक अपील गरेको छ । सानो छोराको जीवन बचाउने प्रयास स्वरूप बोहरा परिवार अहिले सबै दयालु मनहरू समक्ष हात फैलाउँदैछ । “हामीले सबै गुमाउन तयार छौं, तर छोरालाई गुमाउन सक्दैनौं,“ अनमोलकी आमा जानकी बोहराले भनिन् ।

उपचार खर्चमा सहयोग गर्न चाहने व्यक्तिहरूले तलको खातामा रकम जम्मा गर्न सक्नुहुन्छ:

नाम: Laxmi Bohara
बैंक: Global IME Bank
खाता नं.: 20107010108973
सम्पर्क नं.: 9762306716

आमा–बुबाले आफ्नो छोरा अनमोलको जीवन बचाउन सबैको सहयोगको हार्दिक अनुरोध गरेका छन्।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!