दार्चुला । छिमेकी राष्ट्र भारतले आज आफ्नो ७९औं स्वतन्त्रता दिवस देशैभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइरहेको छ । भारतले हरेक वर्ष अगस्ट १५मा देशैभर आफ्नो स्वतन्त्रता दिवस माउने गरेको छ ।
स्वतन्त्रता दिवसकै अवसर पारेर नेपाल भारत मैत्री संघ दार्चुला शाखाले जिल्लाको व्यासँ गाउँपालिका वडा १ तिङ्करका अति विपन्न तथा एकल परिवारलाई खाद्यान्न वितरण गरेको छ ।
कैलाशपती विद्यालय भवनमा ब्याँस गाउँपालिका वडा नम्बर १ छाङरु तिङ्करका अति विपन्न तथा एकल परिवारलाई चामल चिनी तेल लगायत खाद्यान्न सामग्री वितरण गरिएको नेपाल भारत मैत्री संघका केन्द्रिय सदस्य बासुदेव ऐतवालले जानकारी दिए ।
ब्याँस गाउँपालिका वडा–१ छाङरुमा एक औपचारिक कार्यक्रमको आयोजना गदैँ नेपाल भारत मैत्री संघ दार्चुला शाखाले खाद्यान्न सामग्री वितरण गरेको हो । नेपाल भारत मैत्री संघ दार्चुलाका अध्यक्ष बासुदेव ऐतवालले छाङरु गाउँका ३४ र तिङकर गाउँका १५ गरी ४९ जनालाई खाद्यान्न वितण गरिएको उहाँले बताउनु भयो ।
नेपाल भारत मैत्री संघ दार्चुला शाखाले प्रती घरपरिवार २६ किलो चामल,२ किलो चिनी र १ लिटर तेल वितरण गरेको जनाएको छ ।
छाङरु तिङ्करका स्थानीयले मित्र राष्ट्र भारतको स्वतन्त्रता दिवसको अवसरमा नेपाल भारत मैत्री संघले खाद्यान्न वितरण गरेकोमा नेपाल भारत मैत्री संघका केन्द्रिय सदस्य बासुदेव ऐतवाललाई धन्यवाद समेत दिएका छन् ।
छिमेकी राष्ट्र भारतले आफ्नो स्वतन्त्रता दिवसको अवसरमा बेला बेला नेपाललाई विभिन्न उपहार स्वरुप सामग्री उपलब्ध गराउदैँ आएको छ ।