दार्चुला ।आइतबार राति परेको अबिरल बर्षाका कारण महाकाली लोकमार्ग अन्तर्गत गोकुलेश्वर दार्चुला सडकखण्ड पहिरोले अबरुद्ध भएको थियो। मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ तेर्छालेक र शैल्यशिखर नगरपालिका वडा नम्बर ६ को सिमानामा पर्ने रनेबास क्षेत्रमा पहिरो गएर सडक अवरुद्ध भएको हो । जेसीबीले पहिरो पन्छाइएसंगै सडक सुचारु भएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिनुभयो ।
पहिराको कारण सोमबार जिल्लाबाट बाहिरिने र जिल्ला भित्रिने यातायातका साधनहरु सडकमै रोकिएका थिए।
जेसीवीले पहिरो पन्छ्याएपछि लामो तथा छोटो दुरीका सवारी साधनहरु चल्न थालेका छन् ।