दार्चुला । बैतडीको स्वास्थ्य चौकीमा कार्यरत एक जना अनमी मृत फेला परेकी छन् । पुर्चौंडी नगरपालिका वडा नम्बर १० स्थित विजयपुर स्वास्थ्य चौकीमा कार्यरत अन्दाजी २४ बर्षीया अनमी भागरथी कुँवर मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
पुर्चौंडी नगरपालिका–१० विजयपुरमै घर भएकी कुँवर स्वास्थ्यचौकी टाढा भएकाले कोठा भाडामा लिएर बस्दै आएकी थिइन् । आफ्नै बस्ने कोठामा आइतबार हिजो राति झुण्डिएको अवस्थामा मृत फेला परेको बताइएको छ ।
मृतक कुँवरका श्रीमान नेपाली सेनाको स्वास्थ्य प्राविधिक क्षेत्रमामा कार्यरत रहेको पनि बताइएको छ ।
कुवरले गत वैशाखमा मात्रै विवाह गरेकी थिइन ।
आफ्नै कोठामा कुवर झुण्डिएको अवस्थामा फेला परेपछि इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी निरीक्षक राजेन्द्र साउँद नेतृत्वको प्रहरी टोली घटनास्थलतर्फ खटिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले बताउनुभयो।