बाल विकास सहजकर्ताद्धारा बढेको तलब नपाएको भन्दै नगरपालिकालाई ज्ञापन पत्र बुझायो

दार्चुला – शैल्यसिखर नगरपालिकाका विद्यालयमा पढाउने प्रारम्भिक बाल विकास सहजकर्ता इसिडी शिक्षकहरुले विभिन्न मागसहित नगरपालिकालाई ज्ञापनपत्र बुझाएका छन् । शैल्यसिखर नगरपालीका ५, स्थित भागरथि आधारभूत विद्यालयमा पढाउने कलावती साउदको नेतृत्वमा विद्यालय कर्मचारी तथा बाल विकास शिक्षक समितिका पदाधिकारीले सोमबार संघीय सरकारले घोषणा गरेको पारिश्रमिक पाउनुपर्ने माग गर्दै प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बहादुर बिष्ट लाई ज्ञापनपत्र बुझाएका हुन् ।

संघीय सरकारले तोकेअनुसार साउनयता आफूहरुले न्युनतम पारिश्रमिक नपाएकोले ज्ञापनपत्र बुझाउन बाध्य भएको बालविकास शिक्षक कलावती साउदले बताइन् । नगरपालिकाले संघीय सरकारले तोकेअनुसार इसिडी शिक्षक ७ हजार थपेर उपलब्ध गराउनुपर्ने उनको माग छ । ‘ माग पूरा नभए हामी आन्दोलनमा उत्रिन बाध्य हुनेछौं,’ उनले भनिन् , ‘बजेटअनुसार इसिडी शिक्षक साउनदेखि मासिक १५ हजार पारिश्रमिक पाउनुपर्छ ।’संघीय सरकारले तोकेअनुसार साउनयता आफूहरुले न्यूनतम पारिश्रमिक नपाएकोले ज्ञापनपत्र बुझाउन बाध्य भएको शिक्षीकाको भनाइ छ ।सरकारले इसिडी शिक्षकलाई हालसम्म मासिक ६ हजारमात्रै पारिश्रमिक उपलब्ध गराउँदै आएको छ ।

प्रत्येक सामुदायिक विद्यालय र त्यसबाहेक कतिपय टोलमा समेत छुट्टै बालविकास केन्द्र सञ्चालित छन् । आर्थिक वर्ष २०७८÷०७९ को बजेटमा संघीय सरकारले उनीहरूको पारिश्रमिक वृद्धि गरेर १५ हजार पु¥याउने घोषणा गरेको थियो तर संघीय सरकारले ८ हजार उपलब्ध गराउने र बाँकी ७ हजार स्थानीय सरकारले व्यहोर्नुपर्ने उल्लेख थियो । सरकारले ईसीडी शिक्षकलाई हालसम्म मासिक ६ हजारमात्रै पारिश्रमिक उपलब्ध गराउँदै आएको छ । बजेटले नै शिक्षा क्षेत्र र शिक्षकलाई विभेद गरेर अपमान गरेको उहाले गुनासो गरिन् ।

‘संघीय सरकारले घोषणा गरे अनुसारको स्थानीय तहले थप गर्नुपर्ने तलब बारे नगरपालिकाले कुनै निर्णय नलिएको, चाडपर्व नजिकै आएको अवस्थामा र माग फारम पेस गर्ने अन्तिम समयमा पनि नगरपालिकाले कुनै निर्णय नलिएपछि शिक्षक हरुले अभियानमा ज्ञापनपत्र बुझाउन आएका हौं,’ उनले भनिन् । शिक्षकलाई राज्यले निजामती कर्मचारीसरह सेवासुविधा उपलब्ध गराउनुपर्ने उनको माग छ ।
उनले भने ,‘६ हजार तलबले अहिलेको जमानामा के नै किन्न सकिन्छ र ? यति थोरै तलबले भोको पेट पाल्न र परिवार पाल्ने कुरा परै जाओस् एक जोर गत्तिलो साडी फेर्न समेत पुग्दैन ।’
लामो समयदेखि इसिडी शिक्षक तलब ज्यादै न्युन रहेको भागरथि आधारभूत विद्यालयकी इसिडी शिक्षिका कलावती साउदले बतानुभयो ।

प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बहादुर बिष्टले बाल विकास सहजकर्ताको माग सम्बोधन गर्न तत्काल दुई हजार रकम मात्र दिने घोषणा गरेको छ । उनले बजेटमा स्थानीय तहले संघीय सरकारबाट पाउने वित्तीय समानीकरण अनुदानमा वृद्धि नभएको र संघले स्पष्ट कार्यविधि सहितको निर्देशन समेत नदिएको बतानुभयो ।
‘संघीय सरकारले तलब वृद्धिको घोषाणा ग¥यो तर बजेटको व्यवस्था गरेन । बजेट घोषणा अनुसारको अन्य शीर्षकमा जसरी सशर्तमा बजेट पठाएको हुन्छ, त्यो ढंगर्ले बाल विकास सहजकर्ताहरुको पनि बजेट आउनुपर्ने हो त्यो आएको छैन । त्यसैले अलमल भएको हो’, उनले भने ,‘नगरपालीका बाट दिन सक्ने रकम दुई हजार बढाएका छौं यो सहित आठ हजार रुपया मात्र हामीले उपलब्ध गराउने हो

स्थानीय तहहरूले भने संघीय सरकारले तोकेअनुसार ईसीडी शिक्षकलाई ७ हजार थपेर उपलब्ध गराउन नसक्ने जनाएका छन्। । भने आर्थिक वर्ष २०७८÷०७९ को बजेटमा संघीय सरकारले उनीहरूको पारिश्रमिक वृद्धि गरेर १५ हजार पु¥याउने घोषणा गरेको थियो तर संघीय सरकारले ८ हजार उपलब्ध गराउने र बाँकी ७ हजार स्थानीय सरकारले व्यहोर्नुपर्ने उल्लेख थियो ।सरकारले घोषणा गर्दैमा स्थानीय तह पारिश्रमिक उपलब्ध गराउन बाध्य नहुने जनप्रतिनिधिहरूको तर्क छ ।
कक्षा १ मा भर्ना हुनुअघि १ वर्ष बालबालिकालाई प्रारम्भिक बाल विकास केन्द्रमा सिकाइका लागि इसिडी शिक्षकले पूर्वअभ्यास गराउनुपर्ने नीति सरकारले लिएको छ ।। शैल्य शिखर नगरपालीका मा हाल ३९ बाल विकास सहजकर्ता सामुदायिक विद्यालयमा रहेका छन् ।

 

 

Leave A Reply

Your email address will not be published.