दार्चुला। पहिरोले अवरुद्ध बनेको महाकाली राजमार्ग १२ घण्टापछि सुचारू भएको छ।
मङ्गलबार आज बिहान परेको अविरल वर्षाका कारण अबरुद्ध बनेको राजमार्ग आज बेलुकी देखि सुचारु भएको हो ।
जिल्लाको गोकुलेश्वर दार्चुला सडकखण्डको मालिकार्जुन गाउँपालिका ३ तेर्छालेक र रनेबास क्षेत्रमा पहिरो खसेर सडक अबरुद्ध भएको थियो ।
खलंगा बाट जेसीबी मगाएर पहिरोलाई पन्छाइएसंगै राजमार्ग बेलुकी बाट सुचारु भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिनुभयो ।
राजमार्ग खुलेसंगै बन्द रहेको सवारी आवागमन पनि खुलेको छ। सवारी साधन सञ्चालन आएसंगै अलपत्र यात्रु पनि आ आफ्नो गन्तव्यतर्फ लागेका छन ।
लगातारको वर्षाले यहाँको जनजीवन पनि प्रभावित बनेको छ भने उक्त क्षेत्रमा लगातार पहिरो खस्ने क्रमजारी रहेको छ ।