गृहमन्त्री लेखकको निजी सचिवमा उपाध्याय

दार्चुला : गृहमन्त्री रमेश लेखकका निजी सचिव फेरिएका छन् ।  हाल कार्यरत उपसचिव तथा निजी सचिव बद्रीप्रसाद तिवारीलाई म्याग्दी जिल्लाको प्रमुख जिल्ला अधिकारीका रूपमा खटाइएपछि उनको स्थानमा उपसचिव दिर्घराज उपाध्यायलाई निजी सचिवको जिम्मेवारी दिने निर्णय भएको छ ।

सहज र इमान्दार मानिने उपाध्याय यसअघि दार्चुला र बैतडी जिल्लामा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालिसकेका छन् ।

Leave A Reply

Your email address will not be published.