कर्तव्य र दायित्व :टिकेन्द्र धामी

कर्तव्य र दायित्व

जीवन केवल सपना होइन,
कर्तव्य र दायित्वको कथा हो,
आफ्नो भन्दा अरूलाई सोच्दा मात्र
मनले साँचो आनन्द पाउँछ।

घर परिवार, समाज, देश
सबैसँग हुन्छ सम्बन्धको डोरी,
कर्तव्य पुरा गर्ने हात
दायित्व बोक्ने छाती भारी।

सुखमा मात्र होइन,
दुःखमा पनि अडिनु पर्छ,
जिम्मेवारी पुरा गर्न
धैर्यको बाटो रोज्नु पर्छ।

कर्तव्यले बनाउँछ मान्छे महान्,
दायित्वले बनाउँछ जीवनको पहिचान,
दुवैको संगमले मात्र
सम्पूर्ण बन्छ मानवको अभियान।

🖋️लेखक: टिकेन्द्र धामी मालिकार्जुन माध्यमिक विद्यालय दार्चुलाका विद्यार्थी हुन्।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.